इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
रामकृष्ण बोहरा
बागलुङ,३० माघ– इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरिएको छ । मुख्य कार्यालय रहेको बागलुङ बजारका दुई सय ४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जनालाई चार करोड रकम फिर्ता गरिएको हो । सहकारीपीडित सङ्घर्ष समितिको अगुवाइमा एक लाख रुपियाँभन्दा कम बचत गर्नेहरुलाई सरकारी वकिलका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा रकम फिर्ता फिर्ता गरिएको हो ।
अघिल्लो सातादेखि नै बुर्तिवाङ र गलकोट नगरपालिकामा पनि साढे दुई सय ६८ जनालाई रकम फिर्ता गरिसकिएको थियो । मिना ग्रुप कम्पनी प्रालिले साथ दिएपछि साना बचतकर्ताको रकम फिर्ता भएको हो । पहिलो चरणमा साना बचतकर्तालाई फिर्ता दिए पनि समय मिलाएर ठुला बचतकर्ताको पनि रकम फिर्ता गर्ने योजना बनाएको सहकारीपीडित सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताउनुभयो । बागलुङमा झण्डै तीन करोड रुपियाँ फिर्ता गरिएको कार्कीले जानकारी दिनुभयो ।
ठुलो रकम फिर्ता गर्न भने सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको नाममा रहेका अचल सम्पत्ति बिक्री गर्नुपर्नेछ । त्यसका लागि केही समय कुर्नुपर्ने सङ्घर्ष समितिका अध्यक्ष कार्कीको भनाइ छ । सहकारीका अध्यक्ष नेपालीको नाममा दुई दर्जनभन्दा बढी स्थानमा जग्गा तथा घर रहेकाले ती बेचेर तरल बनाउनुपर्ने बाध्यता छ ।
यसअघि ढोरपाटनका ९२ जना बचतकर्ताले ३७ लाख रुपियाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेजपीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो ।
जिल्ला अदालत बागलुङले एक महिनाअघि नै मुद्दा फिर्ता लिन चाहने बचतकर्ताका लागि मेलमिलापको बाटो खोलिदिएको थियो । सोही आधारमा मेलमिलाप भएकाहरुले रकम फिर्ता पाएका हुन् । नेपालीले एक अर्ब ५४ करोड रुपियाँ हिनामिना गरेको आरोपमा अदालतमा जाहेरी परेकोमा झण्डै २३ करोड रुपियाँ बराबरका बचतकर्ताले मेलमिलाप गर्नुभएको छ । उहाँहरुले रकम पाएमा नेपालीको ठगी बिगो घट्नेछ । नेपालीविरुद्ध सहकारी ठगी मुद्दा भने निरन्तर चलिरहेको छ ।
नेपाली गत असोजमा पक्राउ परेपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । नेपालीले आफ्नो अचल सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न तयार भए पनि सबै प्रक्रिया भने पूरा भएको छैन । रोक्का रहेका जग्गा तथा घर बिक्रीका लागि सहजै सम्भव नभएकाले मध्यस्तताको बाटो खोज्न नेपालीका कानुन व्यवसायीले काम गरिरहनुभएको छ ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















