साताैं स्याङ्जा महाेत्सव फागुन ६ देखि

वालिङ,२२माघ- फागुनु ६ देखि १८ गतेसम्म सातौं स्याङ्जा महोत्सव हुनेभएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले फागुनु ६ देखि १८ गतेसम्म पुतलीबजार १ स्थित मालेबगरमा सातौं स्याङ्जा महोत्सव-२०८१ को आयोजना गर्ने साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । 

स्याङ्जा महोत्सवको आधार कृषि पर्यटन, नै आर्थिक समृद्धिको पूर्वाधार भन्ने मूल नारासहित गण्डकी प्रदेश स्तरीय सांस्कृतिक, कृषि, पर्यटन, औद्योगिक व्यापार मेला एवं सातौं संस्करणको महोत्सव-२०८१ को आयोजना गरिएको संघले जनाएको छ ।

व्यवसायिक चेतना अभिवृद्धि गर्ने, विभिन्न स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवर्धन एवम् उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । यसैगरी हस्तकला व्यवसायको खोजी तथा प्रवर्धन, कृषि क्षेत्र विशेषगरी सुन्तला, ताजा तरकारी, गोलभेडा, अदुवा, कफि आदिको प्रवर्धन गर्ने उद्देश्यमा राखिएको  आयोजकले जानकारी गराएको छ । बजार अनुसन्धान एवम् नयाँ वस्तु विकास गर्ने, लोक संस्कृतिको जगेर्ना गर्ने तथा सूचना प्रविधीकोको ज्ञान दिइने उद्देश्यमा समेटिएको छ । 

महोत्सवमा परम्परागत रत्यौली, लोक भजन चुड्का, विद्यालय स्तरीय सामुहिक नृत्य, पञ्चेबाजा एवम् मम्मी डान्सलगायतका प्रतियोगिताहरु सञ्चालन गरिनेछ । साथमा राष्ट्रियस्तरका चर्चित कलाकारहरुको दैनिक प्रस्तुति रहने छ । अन्तिम तयारीको काम भैरहेकोसमेत महोत्सव मूल आयोजक समितिका संयोजक एवम् संघका अध्यक्ष महादेव श्रेष्ठले बताउनुभयो ।

महोत्सवबाट कूल १ करोड १ लाख अनुमानित आय रहेको छ भने ९५ लाख २० हजार खर्च हुँदा जम्मा ५ लाख ८० हजार बचत गर्ने जनाइएको छ । कूल आम्दानीको ५ प्रतिशत सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खर्च गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal