स्कार्पियाे दुर्घटना हुदा पाँच जना घाईते

वालिङ,२२ माघ- वालिङ नगरपालिका वडा नम्बर १४ तमादि वालिङ सडक खण्ड अन्तरगत सिरबानी तर्फ जाँदै गरेकाे ग १ च ८९१३ नम्बरकाे स्कार्पियाे आज बिहान करिब ८ बजे तिर दुर्घटना हुदा स्कार्पियाेमा सवार पाँच जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

घाईते हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर १४ सिरबानीका ६३ वर्षिय उमापति डुम्रे, साेही ठाँउका ५२ वर्षिय  भिमप्रसाद डुम्रे, ७८ वर्षिय काेषकान्त डुम्रे पर्वत जिल्ला पैँयु गाउँपालिका ६ हुवास बस्ने ३३ वर्षिय कुमकला तिवारी र उहाँका ११ वर्षिय छाेरा कमल तिवारी घाईते भएकाे प्रहरीले जनाएकाे छ। अधिकांश घाईतेहरुलाई टाउकाे छाति र हातमा चाेट लागेकाे छ। घाईतेहरुलाई उपचारकाे लागि अस्पताल लगिएकाे र घटना बारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पाैडेलले जानकारी दिनुभयाे। दुर्घटनामा परेकाे स्कार्पियाेमा ८ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ।

ताजा

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal