कविता: रैती
सेवकलाई मालिक सम्झिन्छन् रैतीहरु
सेवकको सेवामै सकिन्छन् रैतीहरु
मलाई लाग्थ्यो समय आएपछि
एकदिन त अवश्य बदलिन्छन् रैतीहरु ।
अँह बद्लिन्नन् केही पाएका छन्
बिग्रदो भविष्यमा रमाएका छन्
आज भन्न हुन्न केही रैतीहरुलाई
सवकले खुवाएका छन् रैती अघाएका छन् ।
मुखिया पन्चेको जस्तो धाक छ
हेर ! सनकी सेवक कति चलाख छ
बोरामा हालेको पत्तै पाउँदैनन् रैतीले
दङ्ग छु के खान्छन् कस्तो खुराक छ ।
सुझाव दिए बिरोध गर्यो भन्छन् रुन्छन्
सेवककै भजन गाउछन् त्यही सुन्छन्
बोल्न हुँदैन बाबा हो सेवकको बारेमा
बोल्नेलाई फसाउने महाजाल बुन्छन् ।
गणेशप्रसाद पाैडेल(बहुरुपी)
ताजा
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार





















