फागुनमा “प्रथम वालिङ सिटी महोत्सव २०८१” हुने

वालिङ,९माघ– वालिङमा प्रथम वालिङ सिटी महोत्सव २०८१ हुने भएको छ । वालिङ चेम्बर अफ कमर्शको आयोजनामा यही आउँदो फागुन ९ गते देखि १८ गतेसम्म प्रथम वालिङ सिटी महोत्सव २०८१ वलिङस्थित खेलमैदानमा हुने भएको हो ।
स्थानीय स्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै यहाँको कला संस्कृति, पर्यटन प्रवद्र्धन एवं कृषि पेशामा लागेका कृषकहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्था चेम्वर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
साहित्य, कला, संस्कृतिको प्रचार प्रसार, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजीमा समेत महोत्सवबाट सहयोग पुग्ने आयोजकले जनाएको छ ।
“सम्पन्न समाज, समृद्ध वालिङ” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सवमा कृषि पदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पुशपंछी, जैविक विविधता, स्थानीय पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी एवम् राष्ट्रिय लोकदोहोरी तथा विविध सांगीतिक कार्यक्रमहरु हुनेछन् ।
महोत्सवमा २ सय स्टल राखिने छ भने २ लाख बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । कूल ६६ लाख आम्दानी गरिने र ६० लाख खर्च हुँदा ६ लाख बचत हुने अनुमान गरिएको छ ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

२०८२ असार १८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal