फागुनमा “प्रथम वालिङ सिटी महोत्सव २०८१” हुने

वालिङ,९माघ– वालिङमा प्रथम वालिङ सिटी महोत्सव २०८१ हुने भएको छ । वालिङ चेम्बर अफ कमर्शको आयोजनामा यही आउँदो फागुन ९ गते देखि १८ गतेसम्म प्रथम वालिङ सिटी महोत्सव २०८१ वलिङस्थित खेलमैदानमा हुने भएको हो ।
स्थानीय स्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै यहाँको कला संस्कृति, पर्यटन प्रवद्र्धन एवं कृषि पेशामा लागेका कृषकहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्था चेम्वर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
साहित्य, कला, संस्कृतिको प्रचार प्रसार, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजीमा समेत महोत्सवबाट सहयोग पुग्ने आयोजकले जनाएको छ ।
“सम्पन्न समाज, समृद्ध वालिङ” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सवमा कृषि पदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पुशपंछी, जैविक विविधता, स्थानीय पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी एवम् राष्ट्रिय लोकदोहोरी तथा विविध सांगीतिक कार्यक्रमहरु हुनेछन् ।
महोत्सवमा २ सय स्टल राखिने छ भने २ लाख बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । कूल ६६ लाख आम्दानी गरिने र ६० लाख खर्च हुँदा ६ लाख बचत हुने अनुमान गरिएको छ ।

ताजा

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal