उत्तरवाहिनीमा पत्रकार संगै सहयाेगीहरुलाई सम्मान

वालिङ,१ मंसिर- उत्तरवाहिनीमा पत्रकार संगै सहयोगीहरुलाई सम्मान गरिएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले विद्यादान, अन्नदान र जीवनदानका लागि स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गा र पाल्पाकाे रम्भा गाउँपालिका १ असेर्दीमा रहेकाे गुरुकुलमलाई ब्यवस्थित रुपमा संचालन गर्नकाे लागि अक्षयकोष स्थापनार्थ कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पूजन एवम् दामोदर महोत्सवको आयोजना गरिएको थियो ।

साे धार्मिक महोत्सव सम्पन्न गर्नका लागि संचार क्षेत्रका माध्यमबाट महत्वपूर्ण सहयाेग गरेकाे भन्दै गण्डकी समाचार डटकमका सम्पाक हिमलाल पराजुली, आँधिखोला एफ एमका समाचार प्रमुख कला राना, वालिङ टेलिभीजनका गोपाल जिटी लगाएत पत्रकारहरुलाई सम्मान गरिएको हो । यसैगरी विभिन्न सहयोगीहरुलाई गुरुकुलममा सम्मान गरिएको थियो । । योसँगै महोत्सवको आय व्यय छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

शनिबार उत्तरवाहिनी प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा महोत्सव सफल पार्नका लागि सहयोग गर्नुहुँने सञ्चारकर्मीका साथै विभिन्न व्यक्ति, संघ संस्था, सुरक्षा निकायलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुँनेलाई सम्मानपत्रले सम्मान गरिएको हाे।

कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डेले नेपालमा केहि हुन्न भन्ने भ्रम फैलिएको बताउदै यो भ्रमलाई चिर्दै प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र रोजागरीको ग्यारेन्टी सहित गुरुकुलम सञ्चालन गरिरहेको बताउनुभयो । स्याङ्जा र पाल्पाका जनताहरु मिलेर एउटा नमुनाकाे रुपमा गुरुकुलम संचालन गरेकाे र राज्यले जिम्मा दिएमा आफुहरुले यश प्रकारका गुरुकुलम देशैभर संचालन गरेर देखाउने समेत दावि गर्नुभयाे। 

गुरुकुलममा विद्यार्थीहरुले संस्कारसंगै आधुनिक प्रणालीको निःशुल्क रुपमा शिक्षा लिईरहेको पूर्व सांसद पाण्डेले बताउनुभयो । 

कार्यक्रममा चर्चित भजन सर्जक, गायक तथा साहित्यकार हिरालाल कँडेलले आफ्नो पारिश्रमिक बापतको रकम समेत गुरुकुललाई प्रदान गर्नुभएको छ । आँफूले ५ दिनसम्म महोत्सवमा बसेर भजन गायकीबाट प्राप्त गरेको रकम प्रदान गर्दै प्रतिष्ठानको आजीवन सदस्यता प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजबाट ग्रहण गर्नुभयो । 

अध्यक्ष चैतन्य कृष्ण महाराजले शालग्राम जननी उत्तरतर्फ बहेको गण्डकी नदीमा देव तथा पितृकार्यका लागि टाढा टाढाबाट भक्तजनहरु आउने गरेको भन्दै यहाँको धार्मिक तथा ऐतिहासिक महत्व रहेको बताउनुभयो ।पछिल्लो समय मातापिता सेवा भाव हराउन थालेको र मातापिताप्रतिको सेवाभाव जागृत गराउन पनि यो महोत्सवले टेवा पुगेको भन्दै महोत्सव सफल पार्न सहयोग गर्नुहुँने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal