एक घार मौरीले ल्यायो परिवर्तन

अर्जुन काफ्ले 

स्याङ्जा,२६ कात्तिक- जीवन निर्वाहका लागि हामी भौँतारिँदै हिँड्छौँ । आफ्नै वरिपरिका अवसर देख्न र चिन्न नसकेर दुःख पाइरहेका पनि हुन सक्छौँ । परिश्रमीले आफ्नै वरिपरि अवसर देख्छन् ।

बिरुवा गाउँपालिका–६, गैह्रीका ६० वर्षीय पूर्णबहादुर थापा यसको उदाहरण बन्नुभएको छ । सामान्य कृषक थापाको पुरानो गाउँ चापाकोट नगरपालिका–९, पिपलडाँडा भए पनि ४० वर्षदेखि ज्याग्दीखोला गैह्रीमा कृषिसँगै जीवनयापन गर्दै आउनुभएको छ । 

तीन वर्ष मलेसियामा वैदेशिक श्रमको अनुभव गरेर फर्कनुभएको हो । अहिले थापाको आयआर्जनको माध्यम मौरी बनिरहेको छ । मौरीपालन गर्ने कुनै सोच नभएका थापाले जङ्गलमा काठ काट्ने सिलसिलामा एउटा रुखमा मौरीको गोला देख्नुभयो । 

त्यही जङ्गलबाट ल्याइएको सेरेना मौरी अहिले थापाको जीवनयापनको माध्यम बनेको छ । मुढेघारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी बिस्तारै आधुनिक घारको प्रयोगसँगै वृद्धि हुँदै जाँदा थापाका लागि अहिले आयआर्जनको माध्यम बनेको छ । 

थापासँग अहिले २५ घार पुगेका छन् । गत वर्ष आफूले खाएर र इष्टमित्रलाई दिएर पनि करिब एक क्विन्टल मह थापाले बिक्री गर्नुभएको हो । उहाँले भन्नुभयो, “लाग्छ, ती मौरीले मलाई नै पर्खेर बसेका रहेछन् । 

अहिले तिनै मौरीलाई थप विस्तार गर्ने योजनामा छु । यसका साथै गोला फुटाएर गोलासहितका घार बिक्री गर्ने सोचमा छु ।” 

आफूले मौरीपालन गरेर प्रगति गरेपछि छरछिमेकमा पनि मौरी पाल्ने रुचि बढ्न थालेको थापाले बताउनुभयो । ज्याग्दीखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेको छ भने चरनका लागि वन जङ्गलसमेत रहेको छ । 

यस क्षेत्रमा प्रशस्त वन बुट्यान छन्, त्यसैले चिनी  तथा चास्नी अहिलेसम्म प्रयोग गर्न नपरेको उहाँले बताउनुभयो । बजारको समस्या नरहेको बताउँदै थापाले घरबाटै बिक्री भएको र गाउँभन्दा बाहिरदेखि पनि माग आउन थालेकाले अब अरू विस्तार गरेर एक सय घार बनाउने सोच बनाएको बताउनुभयो ।  औषधीमा समेत प्रयोग हुने मह एक केजीको एक हजार चार सय रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो । 

आफ्नोसँगै जोडिएको चार रोपनी जग्गा ८० हजारमा बन्धकीमा लिएर खेतीपाती साथै अन्य उत्पादनमा जोडिएको थापाले बताउनुभयो । गोप

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal