एक घार मौरीले ल्यायो परिवर्तन
अर्जुन काफ्ले
स्याङ्जा,२६ कात्तिक- जीवन निर्वाहका लागि हामी भौँतारिँदै हिँड्छौँ । आफ्नै वरिपरिका अवसर देख्न र चिन्न नसकेर दुःख पाइरहेका पनि हुन सक्छौँ । परिश्रमीले आफ्नै वरिपरि अवसर देख्छन् ।
बिरुवा गाउँपालिका–६, गैह्रीका ६० वर्षीय पूर्णबहादुर थापा यसको उदाहरण बन्नुभएको छ । सामान्य कृषक थापाको पुरानो गाउँ चापाकोट नगरपालिका–९, पिपलडाँडा भए पनि ४० वर्षदेखि ज्याग्दीखोला गैह्रीमा कृषिसँगै जीवनयापन गर्दै आउनुभएको छ ।
तीन वर्ष मलेसियामा वैदेशिक श्रमको अनुभव गरेर फर्कनुभएको हो । अहिले थापाको आयआर्जनको माध्यम मौरी बनिरहेको छ । मौरीपालन गर्ने कुनै सोच नभएका थापाले जङ्गलमा काठ काट्ने सिलसिलामा एउटा रुखमा मौरीको गोला देख्नुभयो ।
त्यही जङ्गलबाट ल्याइएको सेरेना मौरी अहिले थापाको जीवनयापनको माध्यम बनेको छ । मुढेघारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी बिस्तारै आधुनिक घारको प्रयोगसँगै वृद्धि हुँदै जाँदा थापाका लागि अहिले आयआर्जनको माध्यम बनेको छ ।
थापासँग अहिले २५ घार पुगेका छन् । गत वर्ष आफूले खाएर र इष्टमित्रलाई दिएर पनि करिब एक क्विन्टल मह थापाले बिक्री गर्नुभएको हो । उहाँले भन्नुभयो, “लाग्छ, ती मौरीले मलाई नै पर्खेर बसेका रहेछन् ।
अहिले तिनै मौरीलाई थप विस्तार गर्ने योजनामा छु । यसका साथै गोला फुटाएर गोलासहितका घार बिक्री गर्ने सोचमा छु ।”
आफूले मौरीपालन गरेर प्रगति गरेपछि छरछिमेकमा पनि मौरी पाल्ने रुचि बढ्न थालेको थापाले बताउनुभयो । ज्याग्दीखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेको छ भने चरनका लागि वन जङ्गलसमेत रहेको छ ।
यस क्षेत्रमा प्रशस्त वन बुट्यान छन्, त्यसैले चिनी तथा चास्नी अहिलेसम्म प्रयोग गर्न नपरेको उहाँले बताउनुभयो । बजारको समस्या नरहेको बताउँदै थापाले घरबाटै बिक्री भएको र गाउँभन्दा बाहिरदेखि पनि माग आउन थालेकाले अब अरू विस्तार गरेर एक सय घार बनाउने सोच बनाएको बताउनुभयो । औषधीमा समेत प्रयोग हुने मह एक केजीको एक हजार चार सय रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो ।
आफ्नोसँगै जोडिएको चार रोपनी जग्गा ८० हजारमा बन्धकीमा लिएर खेतीपाती साथै अन्य उत्पादनमा जोडिएको थापाले बताउनुभयो । गोप
ताजा
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार





















