उत्तरवाहिनीमा पत्रकार संगै सहयाेगीहरुलाई सम्मान

वालिङ,१ मंसिर- उत्तरवाहिनीमा पत्रकार संगै सहयोगीहरुलाई सम्मान गरिएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले विद्यादान, अन्नदान र जीवनदानका लागि स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गा र पाल्पाकाे रम्भा गाउँपालिका १ असेर्दीमा रहेकाे गुरुकुलमलाई ब्यवस्थित रुपमा संचालन गर्नकाे लागि अक्षयकोष स्थापनार्थ कार्तिक ९ गतेदेखि ३० गतेसम्म मातापिता पूजन एवम् दामोदर महोत्सवको आयोजना गरिएको थियो ।

साे धार्मिक महोत्सव सम्पन्न गर्नका लागि संचार क्षेत्रका माध्यमबाट महत्वपूर्ण सहयाेग गरेकाे भन्दै गण्डकी समाचार डटकमका सम्पाक हिमलाल पराजुली, आँधिखोला एफ एमका समाचार प्रमुख कला राना, वालिङ टेलिभीजनका गोपाल जिटी लगाएत पत्रकारहरुलाई सम्मान गरिएको हो । यसैगरी विभिन्न सहयोगीहरुलाई गुरुकुलममा सम्मान गरिएको थियो । । योसँगै महोत्सवको आय व्यय छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
शनिबार उत्तरवाहिनी प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा महोत्सव सफल पार्नका लागि सहयोग गर्नुहुँने सञ्चारकर्मीका साथै विभिन्न व्यक्ति, संघ संस्था, सुरक्षा निकायलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुँनेलाई सम्मानपत्रले सम्मान गरिएको हाे।

कार्यक्रममा पूर्व सांसद शंकरप्रसाद पाण्डेले नेपालमा केहि हुन्न भन्ने भ्रम फैलिएको बताउदै यो भ्रमलाई चिर्दै प्रतिष्ठानले स्वास्थ्य, शिक्षा र रोजागरीको ग्यारेन्टी सहित गुरुकुलम सञ्चालन गरिरहेको बताउनुभयो । स्याङ्जा र पाल्पाका जनताहरु मिलेर एउटा नमुनाकाे रुपमा गुरुकुलम संचालन गरेकाे र राज्यले जिम्मा दिएमा आफुहरुले यश प्रकारका गुरुकुलम देशैभर संचालन गरेर देखाउने समेत दावि गर्नुभयाे।
गुरुकुलममा विद्यार्थीहरुले संस्कारसंगै आधुनिक प्रणालीको निःशुल्क रुपमा शिक्षा लिईरहेको पूर्व सांसद पाण्डेले बताउनुभयो ।

कार्यक्रममा चर्चित भजन सर्जक, गायक तथा साहित्यकार हिरालाल कँडेलले आफ्नो पारिश्रमिक बापतको रकम समेत गुरुकुललाई प्रदान गर्नुभएको छ । आँफूले ५ दिनसम्म महोत्सवमा बसेर भजन गायकीबाट प्राप्त गरेको रकम प्रदान गर्दै प्रतिष्ठानको आजीवन सदस्यता प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजबाट ग्रहण गर्नुभयो ।

अध्यक्ष चैतन्य कृष्ण महाराजले शालग्राम जननी उत्तरतर्फ बहेको गण्डकी नदीमा देव तथा पितृकार्यका लागि टाढा टाढाबाट भक्तजनहरु आउने गरेको भन्दै यहाँको धार्मिक तथा ऐतिहासिक महत्व रहेको बताउनुभयो ।पछिल्लो समय मातापिता सेवा भाव हराउन थालेको र मातापिताप्रतिको सेवाभाव जागृत गराउन पनि यो महोत्सवले टेवा पुगेको भन्दै महोत्सव सफल पार्न सहयोग गर्नुहुँने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।


ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार