स्याङ्जा सहयाेग समाजद्वारा आयाेजित भलिबल प्रतियाेगिताकाे उपाधि विरुवा गाउँपालिकालाई
वालिङ,५ कात्तिक- स्याङ्जा सहयाेग समाज अन्तराष्ट्रिय समन्वय समिति द्वारा समृद्ध स्याङ्जाकाे लागि विश्व अभियान भन्ने मुल नाराका साथ वालिङमा आयाेजित पालिका स्तरिय भलिबल प्रतियाेगिताकाे उपाधि विरुवा गाउँपालिकाले जितेकाे छ।
विरुवा गाउँपनलिका र पुतलीबजार नगरपालिका बिच भएकाे फाइनल खेलमा विरुवाले पुतलिबजारलाई २ का बिरुद्ध ३ सेट जितेर प्रथम हुन सफल भएकाे छ।

प्रथम हुन सफल विरुवा गाउँपालिकाले एक लाख ५० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने द्वितीय भएकाे पुतलीबजार नगरपालिकाले एक लाख प्राप्त गरेकाेछ तृतीय भएकाे भीरकाेट नगरपालिकाले ५० हजार र सान्त्वना स्थान हासिल गरेकाे कालीगण्डकी गाउँपालिकाले २५ हजार प्राप्त गरेकाे छ। विजयी टिमलाई गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णाप्रसाद पाठकले पुरस्कार प्रदान गर्नुभएकाे थियाे।


गत शुक्रबारदेखि वालिङ खेलमैदानमा सुरुभएकाे पालिका स्तरिय भलिबल प्रतियाेगितामा जिल्लाका ११ ओटै पालिकाका खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















