सयपत्री फूलले ढकमक्क ध्रुवज्योती


कला राना
वालिङ,५ कात्तिक- कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा रहेको धु्रवज्योती माध्ययमिक विद्यालय प्राङ्गणमा सयपत्री फूल ढकमम्क फुलेका छन् ।
तिहार नजिकिदै जादा विद्यालय परिसरमा फूलेका सयपत्री फूलले विद्यालयको वातावरणलाई थप सुन्दरता दि थपेको छ । विद्यालयले लगाएको यो फूलले विद्यालयमा सौन्दर्यता त थपिएको छ नै साथमा आम्दानी पनि भईरहेको छ ।
शीशु कक्षादेखि १२ सम्म अध्ययन हुँने धु्रवज्योती माविले २०७० सालदेखि तरकारी खेतीका साथै विद्यालयमा फूल लगाउँदै आएको छ ।

विद्यालयमा गरिएको फूलखेतीले वातावरण रमणीय बनाउनुका साथै बालमैत्री वातावरणको समेत सृजना भएको विद्यालयका प्रअ हिराबहादुर गाहाले बताउनुभयो । हरियाली एवं फूलमय वातावरणमा विद्यार्थीले विद्यार्थीलाई पढाईमा थप आक्रषण गरेको प्रअ गाहा बताउनुहुन्छ ।


दुई वर्ष पहिला विद्यालयले फूल विक्रि गरेर डेढ लाख आम्दानी गरेकोमा गत वर्ष भने प्रयाप्त फूल भएका कारण सोचेजस्तो आम्दानी गर्न नसकेको विद्यालयका प्रअ गाहाले बताउनुभयो । प्रअ गाहाले भन्नुभयो, “गत वर्ष मुस्किलले सस्तोमा एक सय रुपैँया प्रतिकेजीका दरले फूल विक्रि गरियो, यो वर्ष भने राम्रै आम्दानी हुने अपेक्षा गरेका छौँ ।”
गत वर्ष पालिकाका साथै जिल्लाका अन्यभागमा फूल प्रसस्तै हुदा आम्दानी कम भएपनि यस वर्ष भने राम्रो आम्दानी गर्ने विद्यालयले जनाएको छ ।

यो वर्ष विद्यालयले तीन हजार हाईब्रिट अमेरिकन मेरिगोल्ड जातको फूलका बेर्ना उत्पादन गरेकोमा एक हजार विरुवा विक्रि गरेर दुई हजार बेर्ना विद्यालय परिसरमै लगाईएको प्रअ गाहाले बताउनुभयो । यो वर्षको पूुल विक्रि शुरु भईसकेको छ । शुक्रबारदेखि वालिङमा शुरु भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको उद्दघाटनका लागि विद्यालयले उत्पादन गरेको फूलबाट तयार पारिएका ६० ओटा मालाहरु विक्रि गरिएको छ ।


फूलखेतीका लागि विद्यार्थीले विद्यालय शुरु हुँनु भन्दा अगाडीको समय र विद्यालय छुट्टी भएपछिको समयका साथै खाली पिरियडमा समेत काम गर्दै आएका छन् । यसो गर्दा विद्यार्थीहरुले व्यवहारिक ज्ञान समेत लिने भएकाले विद्यालयको यो कार्यप्रति अभिभावक समेत खुसी छन् । फूल खेतीका लागि कालीगण्डकी गाँउपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ । विद्यालयले फूलको माला प्रतिगोटा एक सय रुपैँयामा विक्रि गर्दै आएको छ ।
तरकारी र फूल विक्रिबाट आएको रकम कोषमा जम्मा गरिन्छ र सोही कोषमा जम्मा भएको रकमबाट आवश्यक विउविजनका साथै मलमा खर्च गर्ने गरिएको विद्यालयले जनाएको छ ।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal