वालिङमा प्रभावकारी बन्दै विद्यालयमा करेसाबारी

कला राना
वालिङ,४ कात्तिक- वालिङ नगरपालिकाका ६ विद्यालयमा एक विद्यालय एक करेसाबारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाले पालिका भित्रका विभिन्न ६ विद्यालयमा एक विद्यालय एक करेसाबारी कार्यक्रम संचालन गरेको छ ।
वालिङ नगरपालिका १४ नम्बर वडामा रहेको हिमशिखर आधारभूत विद्यालयका विद्यार्थीहरुले पढाईसंगै कृषि कर्म पनि गर्दै आएका छन् । पढाई संगसंगै गरिएको कृषि कर्मले उनीहरुलाई ब्यवहारिक ज्ञान समेत दिएको छ । नगरपालिकाले सुरु गरेको एक विद्यालय एक करेसाबारी कार्यक्रम अन्र्तगत पालिकाले १ लाख रुपँैया रकम दिएपछि विद्यालयले तरकारी खेती शुरु गरेको थियो । विद्यालयले ३ रोपनी जग्गामा गोलभेडा, खुर्सानी तथा लहरेबाली लगायतको खेती गरेको छ ।
विद्यालयले अहिलेसम्म १४५ किलो गोलभेडा विक्रि गरेको छ । बजारमा यतिबेला गोलभेडाको भाउ बढेसंगै विद्यालयले राम्रो आम्दानी गरेको छ । ९२ किलो १३० रुपैँया प्रतिकिलोका दरले र आइतबार ५३ किलो ११० रुपैँया प्रतिकिलोका दरले विक्रि गरेको विद्यालयका प्रधानाध्यापक मित्रलाल खानालले बताउनुभयो । प्रअ खनालले भन्नुभयो, “नगरपालिकाको एक विद्यालय एक करेसाबारी कार्यक्रम अन्र्तगत १ लाख रकम प्राप्त भएपछि टनेलमा तरकारी खेती शुरु गरेका हौँ । अहिले विद्यालयको करेसाबारीमा गोलभेडा, खुर्सानी, लहरेबाली रहेका छन् ।”

विद्यालयले ४६ किलो हरियो खुर्सानी र घिरौँला विक्रि गरेको हो । खुर्सानी १५० का दरले विक्रि गरेका हुन् । विद्यालयको उत्पादन वालिङ बजारमै खपत हुँदै आएको छ । विद्यालयले टनेलमा ३४० बेर्ना खुर्सानी र १९२ वटा अमिता, ओन्सरी, गौरव जातको लुर्के गोलभेडाको विरुवा लगाएको थियो । विद्यालयले आफ्नो विद्यालय खाजामा खपत भएर धेरै भएको तरकारी स्थानीय बजारमा विक्रि गर्दै आएको छ । अहिलेसम्म ३३ हजार तरकारीबाट आम्दानी भएको विद्यालयले जनाएको छ ।
कक्षा १ देखि ७ सम्म अध्ययन हुँदै आएको विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारले कक्षा १ देखि ५ सम्म दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैँयाका दिवा खाजाको लागि उपलब्ध गराउँदै आएको छ । पछिल्लो समयको महँगीका कारण विद्यार्थीका लागि १५ रुपैँयाको खाजा प्रयाप्त नहुँने भएकाले विद्यालयले यसै कार्यक्रमबाट विद्यार्थीलाई स्वस्थवद्र्धक खाजा खुवाउँदै आएको छ । कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीलाई समेत विद्यालयले गतवर्षदेखि खाजा खुवाउँन सुरु गरेको हो ।
विद्यालयकै करेसाबारीमा उत्पादन भएको तरकारी तथा तरकारी विक्रिबाट भएको आम्दानीमा विद्यालयको रकम थप गरेर कक्षा ६ र ७ का विद्यार्थीलाई समेत खाजा खुवाउँदै आएको प्रअ खनालले बताउनुभयो । दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थी पनि आकर्षित भएका छन् । अघिल्लो वर्ष भन्दा यो शैक्षिक सत्रमा विद्यार्थी संख्या समेत वृद्धि भएको विद्यालयले जनाएको छ । अध्ययनसंगै कृषि कर्मको सिकाई कार्यक्रमले अभिभावक पनि खुसी भएका छन् । कक्षा कोठामा पढाई नभएको समयमा तथा विद्यालय समय पछाडिको समय र विदाका दिन पनि विद्यार्थीले करेसाबारीमा काम काम गर्ने गर्दछन् । विद्यालयमा सिकाइएको सिपले बालबालिकाहरुलाई घरमा भएको बेला पनि काम गर्ने बानिको विकास गराएको छ । भने बालबालिकाको कामले अभिभावक पनि खुसी भएका छन् ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार