बैंकले नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउन चाहान्छ: सिईओ आचार्य
वालिङ,१० असाेज- गरिमा विकास बैंकका कार्यकारी प्रमुख (सिईओ) माधवप्रसाद आचार्यले आम नागरिकलाई बैंकले आर्थिक रुपमा समृद्ध बनाउन चाहने बताउनुभएको छ । आम नागरिक आर्थिक रुपमा सक्षम भएमा निक्षेप बढ्ने, ऋणको सहि रुपमा लगानी हुँने भन्दै सिइओ आचार्यले बैंकले सबैलाई धनी बनाउन चाहने बताउनुभएको हो । उहाँले बिहिबार वालिङमा पत्रकारहरुसंँग भेटघाट गर्दै बैंकिङ क्षेत्रलाई चलाएमान बनाउन सबै मानिस सक्षम र सम्पन्न हुनुपर्ने औंल्याउनुभयो । गाउँबाट शहर पसेको गरिमा विकास बैंकले यो सफलता प्राप्त गर्नु देशभर आफ्नाे शाखा बिस्तार गर्ने कार्यमा वालिङ बासि संगै धेरै व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको आचार्यकाे भनाई छ ।
पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै आचार्यले कोभिड १९ ले शिथिल बनाएको अर्थतन्त्रमात्र नभएर मूल्यवृद्धि नियन्त्रण, वित्तीय संकटलगायतको सजिलै प्रतिरक्षा गर्न मोफसलबाट उदाएको गरिमा विकास बैंक सहित अन्य वाणिज्य बैंकहरु सफल भएको बताउनुभयाे।
समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले राष्ट्र बैंकले त्यसतर्फ पनि काम गर्नु पर्ने उहाँकाे भनाइ थियो । उत्पादन र आयात प्रभावित भएका कारण बैंकमा कर्जाको माग अत्यन्त न्यून छ उपाध्यायले भन्नुभयो, ‘अधिक तरलता तथा न्यून तरलता दुबै वित्तीय क्षेत्र स्थायित्वको लागि राम्रो मानिदैँन । निक्षेपको ब्याज घटाउँदै लैजाने हो भने बचत निरुत्साहित हुने, बचतले बैंकिङ प्रणालीमा प्रवेश नपाउने, पूँजी अन्यत्र पलायन हुने, तुलनात्मकरुपमा नियमन कमजोर र जोखिम अधिक भएको सहकारी क्षेत्रतर्फ बचत प्रवाह हुने आदि जस्ता जोखिम वित्तीय प्रणालीले भोग्नु पर्नेहुन्छ । यस्तो अवस्था वित्तीय क्षेत्र स्थायित्वका लागि प्रमुख चुनौती हो ।’
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















