वालिङमा जलवायु परिवर्तन, जोखिम व्यवस्थापन सम्बन्धी गोष्ठी

गोपाल जिटी

वालिङ,१० असाेज- वालिङमा पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय एकदिने गोष्ठी गरिएको छ । 

वालिङ नगरपालिकाको समन्वय र नेपाल वाटर कन्जरभेशन फाउण्डेशनको आयोजनामा बिहीबार पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय एकदिने गोष्ठी गरिएको हो ।

पालिकाहरुमा जलवायु जोखिमले पारेका समग्र प्रभाव मध्ये पानीका स्रोत, वर्षा, भल पहिरो, खडेरी, आगलागी, विकास पूर्वाधार, वस्ती र व्यवसायमा भएको असरको लेखाजोखा गर्ने उद्देश्यले एकदिने गोष्ठीको आयोजना गरिएको हाे। यसैगरी महिला, सिमान्तकृत समूह, अपाङ्गता भएका व्यक्ति र सवलीकरणका अवसरको खोजी गर्ने तथा पालिका अन्तर्गत अत्यन्त जोखिममा परेका क्षेत्र र समुदायमा उपलव्ध प्रभाव न्युनिकरणका प्रविधि एवम् ज्ञानको माध्यमले नमूना प्रयोग र परीक्षण गर्नेलगाएतका उद्देश्य रहेको आयोजकले जनाएको छ ।

गोष्ठीमा जलचक्रमा परेको असर, सुरक्षित बस्ती र घरधुरीको पहिचान तथा बढ्दो वातावरणीय जोखिम सम्बन्धी छलफल गरिएको थियो ।

स्याङ्जा जिल्ला अन्तर्गत वालिङ नगरपालिका र गल्याङ नगरपालिकामा जलवायु परिवर्तनले पानीको स्रोत र जीविकोपार्जनमा पारेको प्रभाव अध्ययनको सिलशिलामा नेपाल पानी सदुपयोग फाउण्डेशन सम्वद्ध बहुविधागत विज्ञ टोलीले प्रतिवेदन तयार पारेको आयोजकले जनाएको छ । साथै सम्बन्धित पालिकाका विषयगत विज्ञहरुले हालसालैका घटनाहरु समेटेर कार्यपत्र तयार गरिएको हो । गोष्ठीमा ती प्रतिवेदन र कार्यपत्रमा केन्द्रित भएर विचार आदान प्रदान गर्ने आयोजकको लक्ष्य रहेको थियो ।

कार्यक्रममा नेपाल पानी सदुपयोग फाउण्डेशन (एन डव्लु सि एफ) का डा. ङमिन्द्र दाहालसहित अध्ययन टोलीका सदस्यले गोष्ठीको उद्देश्य र छलफलका विषयमा संक्षिप्त जानकारी गराएका थिए । यसैगरी वालिङ नगरपालिका विपत शाखाका ढालबहादुर केसी, योजना शाखाका गणेश पौेडेल, प्राविधिक शाखाका ध्रुब रेग्मी तथा रोजगार शाखाका पवन बस्याल र वालिङ खानेपानीका विद्या श्रेष्ठ, नगरपालिकाका विषयगत विज्ञहरुको प्रस्तुति राखेका थिए ।

कार्यक्रममा पानी र जलवायु परिवर्तनसँग जोडिएका समस्या र चुनौतिका बारेमा छलफल गरिएको थियो । यसका साथै पानी, जलवायु र विपतले असर पारेका टोल, समुदाय र प्रमुख घटना एवम् क्षति तथा समाधानका उपाय र कार्यहरुको छलफलसहित सूची सङकलन गरिएको थियाे ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal