वालिङमा जलवायु परिवर्तन, जोखिम व्यवस्थापन सम्बन्धी गोष्ठी

गोपाल जिटी
वालिङ,१० असाेज- वालिङमा पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय एकदिने गोष्ठी गरिएको छ ।
वालिङ नगरपालिकाको समन्वय र नेपाल वाटर कन्जरभेशन फाउण्डेशनको आयोजनामा बिहीबार पानी तथा जलवायु परिवर्तन र जोखिम व्यवस्थापन सम्बन्धी नगर स्तरीय एकदिने गोष्ठी गरिएको हो ।
पालिकाहरुमा जलवायु जोखिमले पारेका समग्र प्रभाव मध्ये पानीका स्रोत, वर्षा, भल पहिरो, खडेरी, आगलागी, विकास पूर्वाधार, वस्ती र व्यवसायमा भएको असरको लेखाजोखा गर्ने उद्देश्यले एकदिने गोष्ठीको आयोजना गरिएको हाे। यसैगरी महिला, सिमान्तकृत समूह, अपाङ्गता भएका व्यक्ति र सवलीकरणका अवसरको खोजी गर्ने तथा पालिका अन्तर्गत अत्यन्त जोखिममा परेका क्षेत्र र समुदायमा उपलव्ध प्रभाव न्युनिकरणका प्रविधि एवम् ज्ञानको माध्यमले नमूना प्रयोग र परीक्षण गर्नेलगाएतका उद्देश्य रहेको आयोजकले जनाएको छ ।
गोष्ठीमा जलचक्रमा परेको असर, सुरक्षित बस्ती र घरधुरीको पहिचान तथा बढ्दो वातावरणीय जोखिम सम्बन्धी छलफल गरिएको थियो ।
स्याङ्जा जिल्ला अन्तर्गत वालिङ नगरपालिका र गल्याङ नगरपालिकामा जलवायु परिवर्तनले पानीको स्रोत र जीविकोपार्जनमा पारेको प्रभाव अध्ययनको सिलशिलामा नेपाल पानी सदुपयोग फाउण्डेशन सम्वद्ध बहुविधागत विज्ञ टोलीले प्रतिवेदन तयार पारेको आयोजकले जनाएको छ । साथै सम्बन्धित पालिकाका विषयगत विज्ञहरुले हालसालैका घटनाहरु समेटेर कार्यपत्र तयार गरिएको हो । गोष्ठीमा ती प्रतिवेदन र कार्यपत्रमा केन्द्रित भएर विचार आदान प्रदान गर्ने आयोजकको लक्ष्य रहेको थियो ।
कार्यक्रममा नेपाल पानी सदुपयोग फाउण्डेशन (एन डव्लु सि एफ) का डा. ङमिन्द्र दाहालसहित अध्ययन टोलीका सदस्यले गोष्ठीको उद्देश्य र छलफलका विषयमा संक्षिप्त जानकारी गराएका थिए । यसैगरी वालिङ नगरपालिका विपत शाखाका ढालबहादुर केसी, योजना शाखाका गणेश पौेडेल, प्राविधिक शाखाका ध्रुब रेग्मी तथा रोजगार शाखाका पवन बस्याल र वालिङ खानेपानीका विद्या श्रेष्ठ, नगरपालिकाका विषयगत विज्ञहरुको प्रस्तुति राखेका थिए ।
कार्यक्रममा पानी र जलवायु परिवर्तनसँग जोडिएका समस्या र चुनौतिका बारेमा छलफल गरिएको थियो । यसका साथै पानी, जलवायु र विपतले असर पारेका टोल, समुदाय र प्रमुख घटना एवम् क्षति तथा समाधानका उपाय र कार्यहरुको छलफलसहित सूची सङकलन गरिएको थियाे ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार