स्याङ्जामा खुला कविता प्रतियोगिता हुने
अर्जुन काफ्ले
स्याङ्जा,२५ साउन- पुतलीबजार नगरपालिका १ मा कविता महोत्सव “खुला कविता प्रतियोगित २०८१” हुने भएको छ । पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथित र स्व. पुष्पमान श्रेष्ठको सम्झनामा यही साउन ३१ गते कविता महोत्सव तथा खुला कविता प्रतियोगता गर्न लागिएको हो ।
“नेपाली भाषा, कला, संस्कृति, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नारा महोत्सव तथा प्रतियोगिता गरिएको हो । कबिता महोत्सव तथा प्रतियोगिताका लागि श्रावण १५ गतेसम्म अमेरिका, बेलायत र मलेसियासहित नेपालका छ प्रदेश, ४८ जिल्लाबाट दर्ता भएका १९९ कवितामध्ये पाँच प्रदेश र १४ जिल्लाका २० उत्कृष्ट कविता छनाेट गरेको शुक्रबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अनन्तकुमार श्रेष्ठले जानाकारी दिनुभयो ।
प्रत्यक्ष रुपमा २० जना सहभागी रहने भए पनि अप्रत्यक्ष रुपमा सयौंको सहभागिता रहनेछ । छनाेट भएका कविता प्रतिस्पर्धीले वाचन गर्ने र निर्णायक मण्डलले उत्कृष्ट तीन कवितालाई पुरस्कृत गर्ने श्रेष्ठले बताउनुभयो । कविता प्रतियोगितामा उत्कृष्टलाई १५ हजार ५५५, द्वितीयलाई ११ हजार १११, तृतीयलाई सात हजार ७७७ र सान्त्वनाा दुई जनालाई तीन हजार ३३३ रुपियाँ पुरस्कार प्रदान गरिने श्रेष्ठले बताउनुभयो ।
यस्तै ट्रष्टले कविता महोत्सव तथा प्रतियोगितासँगै सामुदायिक विधालयका विद्यार्थी सहयोग कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिकाका ४ वटा विद्यालयका पाँच सय विद्यार्थीलाई झोला, कापी, कलमसहितका शैक्षिक सामाग्री वितरण गरिनेछ । पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाउँपालिका १ र एसइइ २०८१ मा जिल्ला टपर सुसान मरासिनीलाई सम्मान गरिनेछ ।
कार्यक्रममा नेवाः परम्पराको लाखे लगायत सांस्कृतिक, विभिन्न जातजातिका भेषभूषा झाँकी प्रदर्शन गरिनेछ भने १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















