नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु
नुवाकोट,२३साउा- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।
हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको (९ एन एजेडी) दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाउनु भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचाैरमा दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटनास्थलमा पुगेको छ । स्राेत गाेप
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















