हरिनास गाउँपालिकाको बजेट ४० करोड १७ लाख
वालिङ१२,असार- हरिनास गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि ४० करोड १७ लाख २ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोमबार गाउँसभाको १५ औं अधिवेशनमा गाउँ पालिका उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएकाे हाे। जसमा चालू तर्फ २५ करोड ६८ लाख ८० हजार र पूँजीगत तर्फ १४ करोड ४८ लाख २२ हजार विनियोजन गरेको रानाले जानकारी दिनु भयो । कुल बजेट मध्ये चालुतर्फ ६३.९४ प्रतिशत र पूँजीगत तर्फ ३६.०८ प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष रानाले बताउनुभयाे ।
यस्तै हरिनास गाउँपालिकाले आगामी आर्थिक वर्ष “हरिनास गाउँपालिकाको आवश्यकता, कृषि क्षेत्रमा आत्मनिर्भरता ” भन्ने मूल नारालाई अघि सारेको र साेही अनुसार काम अगाडि बढाउने गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले बताउनुभयाे।
हरिनास गाउँपालिकाले एक घर एक पोषणयुक्त करेसाबारी, गाउँपालिका स्तरीय १५ शैयाको आधारभूत अस्पताल, कृषिमा क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकरण, खानेपानीकाे उचित व्यवस्थापन, आवास तथा पुनःनिर्माण एकीकृत वस्ति विकास, ऊर्जा, उद्योग, पर्यटन, प्रविधिमैत्री शिक्षा, फोहोरमैला व्यवस्थापन, समावेशीकरण, खेलकुद विकास, वन तथा वातावरण संरक्षण, सूचना तथा प्रविधिको विकास, विपद् व्यवस्थापनलाई विशेष प्राथमिकता राखिने अध्यक्ष मानन्धरले बताउनुभयाे ।


ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार




















