स्याङ्जामा अग्रज कलाकार एवं स्रष्टालाई सम्मान


वालिङ,२० जेठ– स्याङ्जामा अग्रज कलाकार एवम् स्रष्टा सम्मान गरिएको छ । “हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नारासहित राष्ट्रिय सङ्गीत कर्मी संघ स्याङ्जाले आठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशनका अवसरमा जिल्ला अग्रज कलाकार एवं स्रष्टालाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका संस्थापक अध्यक्ष एवं पत्रकार गोपाल जिटी, प्रतिष्ठानका पूर्व अध्यक्ष अर्जुन गैहे« र लोक दोहोरी गायीका मीना अधिकारी सम्मान पत्रद्वारा सम्मानित भएका हुन् ।

२०४९ देखि २०५३ सालसम्म रेडियो नेपालका गायक एवं पत्रकार जिटीका वालिङ बजार, सम्झना मनभरी, डाली बसी, सलल यो आँधीखोला, डोरी छिन्छकि, रुपकि रानीलगायत चर्चित गीत हुन् भने प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष हुन् । यसैगरी पेशाले शिक्षक गैहे« स्याङ्जाली नानी, जिउँदै मरियो, भैंसी पालेरलगायतका चर्चित गीतका गायक एवं स्रष्टा तथा प्रतिष्ठानका पूर्व अध्यक्ष हुन् । यस्तै गोलभेडाको चटनी, माइतीको आँगनलगायत दर्जनौ चर्चित गीतमा आवाज दिएकी अधिकारी लाइभ दोहोरीमा व्यस्त गायीका हुन् ।
कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले पर्दा पछाडि र अगाडि रहेका सबै कलाकर्मीको आवद्धता रहेको बताउनुभयो । उहाँले यो संघ लोक, आधुनिक, गजल, पप गायक गायीका तथा नृत्य एवम् अभिनय क्षेत्रमा क्रियाशील कलाकर्मीहरुको छाता संगठन रहेको उल्लेख गर्नुभयो । गाउँ घरका दूरदराजमा रहेका र पर्दा पछाडि परेकाहरुलाई अगाडि ल्याउन संघले भूमिका खेल्दै आएको संघका गण्डकी प्रदेश अध्यक्ष ढकालको भनाई छ । अग्रजहरुको सम्मान र नव प्रतिभालाई प्रोत्साहन गर्दै कलाकर्मीहरुको हित र वृहत्तर विकास नै संघको मुख्य उद्देश्य रहेको उहाँले व्यक्त गर्नुभयो ।

संघको चौथो अधिवेशनले आगामी दुइवर्षे कार्यकालका लागि बुद्धिबहादुर परियारको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको संघको भर्खरै निवर्तमान अध्यक्ष हुनुभएकी सलिना अधिकारीले जानकारी दिनुभयो । यसैगरी संघको उपाध्यक्षमा दुतप्रसाद नेपाली, सचिव राधिका दोरङ्गा, सहसचिव सीता भूजेल र कोषाध्यक्ष सुमित्रा दोरङ्गासहित १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको आयोजकले जनाएको छ ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal