सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौँ,१५ जेठ- सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट प्रस्तुत गर्नुभएको हो ।
व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालूतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।
पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।
वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालू आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढि हाे।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार