बीपीसीकाे विद्युत महसुल वृद्धि बिरुध वालिङमा हस्ताक्षर अभियान
वालिङ,१० जेठ- बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि बिरुद्ध वालिङमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
राजनीतिक दल, संघ संस्था एवं एवं सर्वसाधारण जनता मूल्य वृद्धि बिरुधकाे आन्दाेलनमा उत्रीएका हुन । वृद्धि भएकाे शुल्क कार्यान्वयनमा आएमा उपभाेक्ताहरुले हाल तिर्दैआएकाे भन्दा दाेब्बर सुल्क तिर्नुपर्ने हुन्छ। बुटवल पावर कम्पनिले उपभाेक्ताहरुकाे ढाड सेक्नेगरी मूल्य वृद्धि गरेकाे र सेवा प्रभाहमा भने लाप्रभाइ गर्दै आएकाे उनीहरुकाे भनाइ रहेकाे छ।
हस्ताक्षर अभियानको सुरु गर्दै नेकपा एमालेका वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले विद्युत नियमन आयोगले महसुल वृद्धिका लागि कम्पनीलाई दिएको अनुमति सरासर गलत रहेको बताउनुभयो । देशको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा विद्युत जस्तो दैनिक जीवनयापनमा आवस्यक पर्ने सेवामा चरकाे मूल्य वृद्धि गर्ने कार्य न्यायोचित नभएकाले कम्पनीको गलत कदमका विरुद्ध दवाव स्वरुप हस्ताक्षर अभियान सुरु गरिएको बताउनुभयाे ।
यसैगरी नेपाली काङ्ग्रेस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डेले मूल्य वृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
कार्यक्रममा नेकपा समाजवादीका नेता जगदिश गैह्रे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैह्रे लगायतले मूल्य वृद्धिकाे बिरुधमा बाेल्नुभएकाे थियाे।
ताजा
सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार





















