कालीगण्डकीमा बुद्धिचाल प्रतियाेगिता हुने

वालिङ,१०जेठ- कालीगण्डकी गाउँपालिकामा गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा यही १२ र १३ गते गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिने आज वालिङमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । 

कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पूर्वाधारका साथै अन्य विकाससँगै खेलकुदलाई पनि सँगै लैजानुपर्छ भनेर पालिकाले खेलकुद प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । 

नेपालको इतिहासमा जल यातायातको सूरुवात कालीगण्डकीमा भएको हो । कालीगण्डकीको प्रचार प्रसारसँगै यहाँ सञ्चालित स्टिमरमा प्रतियोगिताको उद्घाटन गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । 

पानीमाथि पनि प्रतियोगिता गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि प्रतियोगिताको उद्घाटन स्टिमरमा गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयाे। 

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । 

पछिल्लो समय लोकप्रिय बन्दै गएको बुद्धिचाल खेल कालीगण्डकी गाउँपालिकामा आयोजना गरी खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको विकास गर्ने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । 

प्रतियोगितामा कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ४८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएकाे छ । गाउँपालिकाको ३ लाख र गण्डकी प्रदेश खेलकुद परिषदको ३ लाख गरी कूल ६ लाख खर्चमा प्रतियोगिता सम्पन्न गरिने छ । आयोजकका अनुसार यहाँ प्रथम, द्वितीय र तृतीय हुनेलाई उचित पुरस्कारसहित एक वर्षभित्र देशभरमा हुने प्रतियोगितात्मक कार्यक्रमहरुमा जाने आउने सुविधासहित प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिने छ ।

ताजा

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal