कालीगण्डकीमा आगलागीले दुई घर जले

अ!र्जुन काफ्ले

स्याङ्जा,८वैशाख- कालीगण्डकी गाउँपालिका १ कालावडार र धारादीमा आगलागीले दुई वटा घर र तीन वटा गोठ जलेका छन्। 

आगलागीले भविस्वर पाण्डे बस्दै आएको टिनले छाएको दुई तले घर र चिरञ्जीवी पाण्डेको खाली कच्ची घर जलेको हो।

चार दिनदेखि लागेको आगोले पाँच वटा बाख्रा जलेर मेरेका छन्। आगलागीमा परेर भैंसी घाइते भएको वडा अध्यक्ष कृष्णबहादुर लामिछाने मगरले जानकारी दिनुभयो। जलेको घर र गोठ पूर्ण रुपमा क्षति पुगेको छ। 

जंगलमा लागेको आगो गाउँमा आएको बताउदै लामिछानेलले मानिस बस्ने घरको केही सामान निकालेको जानकारी दिनुभयो। 

आगलागीबाट सयौं हेक्टर जंगल समेत जलेको बताउदै लामिछानेले जडिबुटीसमेत जलेर नष्ट भएको गुनासो गर्नुभयो। आगो नियन्त्रणका लागि नेपाली सेना, स्थानीय र दमकलको सहयोगमा लक्षमण रेखा कोरिएको बताउनुभयो। 

आगलागीबाट घरबारबिहीन भएकालाई कालीगण्डकी गाउँपालिकाले राहत वितरण गरेको छ। 

पालिकाले खानाको लागि चामल, दाल, चिनी, नुन लगायतका समग्रीसहित भाडा, विस्तारा र त्रिपाल उपलब्ध गराएको हो।गाेप  

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal