ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

वालिङ,९ वैशाख- ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
शाखाले यही वैशाख १६ देखि १९ गतेसम्म राजयोग मेडिटेसन प्रशिक्षण गर्ने आज आयोजित बैठकमा जानकारी गराइएको छ ।
वालिङ नगरपालिकाका जन प्रतिनिधिहरु र सञ्चारकर्मीहरु संग भएको संयुक्त बैठकमा कार्यक्रमका बारेमा जानकारी गराउदै ४ दिने राजयोग मेडिटेसन प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी गराइएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले मानिसको अन्तिम लक्ष्य भनेको आनन्द हो, आनन्द भयो भने सबै चाहना पूरा भएको अनुभूनि हुने बताउनुभयो । आध्यात्मिकताले मानिसलाई शान्ति र आनन्द मिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले एक स्वयम्सेवी आध्यात्मिक संस्थाले प्रशिक्षण कार्यक्रम राखेर राम्रो गरेको उल्लेख बताउनुभयो । मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागि स्वयमसेवी संस्थाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भई आत्मिक लाभ लिन प्रमुख प्रशासकीय अधिकृत शर्माले वालिङवासीलाई आग्रह गर्नुभयो
संयुक्त वैठकका प्रस्ताव तथा कार्यक्रमको औचित्य र महत्वका बारेमा ब्रह्माकुमार शङ्कर देवकोटाले प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षणमा जनप्रतिनिधि, युवा क्लव, टोल विकास संस्था तथा आमा समूहमा क्रियाशिल व्यक्तिहरुसहित समुदायको सक्रीय २ हजार जनासम्मलाई सहभागी गराउने लक्ष्य रहेको ब्रह्माकुमार देवकोटाले जानकारी दिनुभयो ।
यसैगरी संसार परिवर्तनमा टेवा पुगोस भनेर प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको वालिङ शाखाकी प्रमुख ब्रह्माकुमारी कविताले बताउनुभयो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले आयोजना गरेको कार्यक्रमको सहयोगी संस्थाकोरुपमा वालिङ नगरपालिका रहेको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेद्वारा प्रशिक्षण दिइने आयोजकले जनाएकोछ ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार