समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा
वालिङ,५ वैशाख- आज रामनवमी चैते दसैंकाे अवसरमा वालिङ नगरपालिका वडा नम्बर १३ बाह्रबिसेमा बाह्रबिसे मेला (बजार) लाग्ने भएकाे छ। प्रतेक वर्ष रामनवमीकाे दिनमा लाग्दै आएकाे बाह्रबिसे बजार (मेला) देशमा काेराेनाकाे महामारी संगै राेकिएकाे थियाे। याे वर्ष भने स्थानीय युवाहरुकाे पहल र निरन्तरकाे पहलका बारेमा परम्परा र संस्कृतिकाे संरक्षणका लागि गण्डकी समाचार डटकमले निरन्तर समाचार संप्रेषण गर्दै आएपछि समाचार संप्रेषणले युवाहरुलाई थप उत्साहित बनाएकाे थियाे।
मेलाकाे लागि वालिङ नगरपालिका वडा नमवर १३ वडा कार्यालयले स्टल निर्माणकाे लागि लाग्ने खर्च उपलब्ध गराउने भएकाे छ भने मेलाकाे ब्यवस्थापनकाे जिम्मा स्थानीय पहेले युथ क्लवलाई दिइएकाे वडा अध्यक्ष नमलाल डुम्रेले बताउनुभयाे।
परम्परा संगै संस्कृतिकाे संरक्षणकाे लागि वडाले सहयाेग गरेकाे अध्यक्ष डुम्रेले जानकारी दिनुभयाे। पहेले युथ क्लवकाे ब्यवस्थापनमा हुन लागेकाे मेलाकाे लागि १५ ओटा स्टल तयार गरिएकाे र मेलाकाे सम्पूर्ण तयारी पूरा भएकाे मेलाकाे लागि निरन्तर पहल गर्दै आउनुभएका अर्जुन गाैतमले जानकारी दिनुभयाे। लामाे समयपछि लाग्ने बाह्रिसे बजारले सर्वसाधरणमा मनाेरञ्जन प्रदान गर्नुका साथै एक दिन भएपनि व्यापार ब्यावसाय गर्ने थप अवसर मिल्नेछ।

ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















