बाह्रबिसे मेला लाग्ने
वालिङ,४ वैशाख- यश पालि बाह्रबिसे मेला (बजार) लाग्ने भएकाे छ। प्रतेक वर्ष राम नवमीकाे दिनमा लाग्दै आएकाे बाह्रबिसे बजार (मेला) देशमा काेराेनाकाे महामारी संगै राेकिएकाे थियाे। याे वर्ष भने स्थानीय युवाहरुकाे पहल र
पहेले युथ क्लवकाे सक्रियतामा मेला लाग्न लागेकाे मेलाकाे लागि निरन्तर पहल गर्दै आउनुभएका अर्जुन गाैतमले जानकारी दिनुभयाे।
यहि वैशाख ५ गते राम नवमीका दिन लाग्ने मेलाकाे तयारीका लागि पहेले युथ क्लवका अध्यक्ष ज्ञान बहादुर थापाकाे नेतृत्वमा स्टल निर्माणकाे कार्य भइरहेकाे र बाह्रबिसे बजारलाई पुन सञ्चालनमा ल्याउनकाे लागि वालिङ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयले सहयाेग गर्ने भएकाे छ। लामाे समय पछि बाह्रबिसे बजार लाग्ने भएपछि त्यस क्षेत्रका स्थानीयहरु उत्साहित भएकाछन्।
वालिङ नगरपालिका वाडा नम्बर १३ काे बाह्रबिसे फाटमा लाग्ने बजार काेभिड-१९ काे संक्रमण संगै लाग्न छाडेकाे थियाे।
बाह्रबिसे बाजारलाई पुन सञ्चालन गरेर पहिले देखि चल्दै आएकाे परम्परा संरक्षणमा सबैले चासाे राख्नुपर्ने देखिन्छ।
मेला भर्न आउनेहरुले माटाेबाट बनेका सामग्रीहरु हाडी,घैटाे,खुत्रुके लगायतका घरयासी प्रयाेजनका लागि आवश्यक पर्ने समग्रीकाे किनमेल गर्नुका साथै स्थानीयले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएर बिक्रि गरेर आम्दानी गर्ने एउटा अवसरकाे रुपमा प्रयाेग हुन सक्छ।

ताजा
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म
२०८३ श्रावण ८ गते, शुक्रबार
धुर्कोट ग्रेटवाल निर्माण
२०८३ श्रावण ६ गते, बुधबार
हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण ६ गते, बुधबार
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०८३ श्रावण ५ गते, मंगलवार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार





















