बाह्रबिसे मेला लाग्ने
वालिङ,४ वैशाख- यश पालि बाह्रबिसे मेला (बजार) लाग्ने भएकाे छ। प्रतेक वर्ष राम नवमीकाे दिनमा लाग्दै आएकाे बाह्रबिसे बजार (मेला) देशमा काेराेनाकाे महामारी संगै राेकिएकाे थियाे। याे वर्ष भने स्थानीय युवाहरुकाे पहल र
पहेले युथ क्लवकाे सक्रियतामा मेला लाग्न लागेकाे मेलाकाे लागि निरन्तर पहल गर्दै आउनुभएका अर्जुन गाैतमले जानकारी दिनुभयाे।
यहि वैशाख ५ गते राम नवमीका दिन लाग्ने मेलाकाे तयारीका लागि पहेले युथ क्लवका अध्यक्ष ज्ञान बहादुर थापाकाे नेतृत्वमा स्टल निर्माणकाे कार्य भइरहेकाे र बाह्रबिसे बजारलाई पुन सञ्चालनमा ल्याउनकाे लागि वालिङ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयले सहयाेग गर्ने भएकाे छ। लामाे समय पछि बाह्रबिसे बजार लाग्ने भएपछि त्यस क्षेत्रका स्थानीयहरु उत्साहित भएकाछन्।
वालिङ नगरपालिका वाडा नम्बर १३ काे बाह्रबिसे फाटमा लाग्ने बजार काेभिड-१९ काे संक्रमण संगै लाग्न छाडेकाे थियाे।
बाह्रबिसे बाजारलाई पुन सञ्चालन गरेर पहिले देखि चल्दै आएकाे परम्परा संरक्षणमा सबैले चासाे राख्नुपर्ने देखिन्छ।
मेला भर्न आउनेहरुले माटाेबाट बनेका सामग्रीहरु हाडी,घैटाे,खुत्रुके लगायतका घरयासी प्रयाेजनका लागि आवश्यक पर्ने समग्रीकाे किनमेल गर्नुका साथै स्थानीयले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएर बिक्रि गरेर आम्दानी गर्ने एउटा अवसरकाे रुपमा प्रयाेग हुन सक्छ।

ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















