विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

अर्जुन काफ्ले

 स्याङ्जा,५ वैशाख- अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने  तयारी थालिएको हो ।  

शिक्षा शाखा सहायक कमला चापागाईँले यहाँ २७ विद्यालयका १५८ विद्यार्थीले कक्षा ३ को परीक्षा दिएकोमा ९६ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये ४० जनाले पूरक परीक्षा दिने उहाँले बताउनुभयो । 

यस्तै, १८ विद्यालयका १३७ विद्यार्थीले कक्षा ५ को परीक्षा दिएकोमा ४४ जना मात्र उत्तीर्ण भएको र अनुत्तीर्णमध्ये ३० जनाले पूरक परीक्षा दिने चापागाईँले बताउनुभयो । 

कक्षा ८ को ११ वटा विद्यालयका १९७ जना विद्यार्थीले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये ६१ जना पूरक परीक्षा दिने छन् । 

यहाँ समग्रमा ४९२ जना विद्यार्थी अर्थात् ४२.६८ प्रतिशत २१० जना उत्तीर्ण हुँदा १५१ जना विद्यार्थीले पूरक दिन लागेका हुन् । पालिकाले तीन वटा केन्द्र तोकेर वैशाख ९ देखि १२ गतेसम्म परीक्षा लिने जनाएको छ ।

यसरी पालिकास्तरीय परीक्षा दिएका विद्यार्थीलाई पालिकाले लिएको हो भने अन्य कक्षाको हकमा सम्बन्धित विद्यालयले पूरक परीक्षा लिएका छन् । निरन्तर मूल्याङ्कनका नाममा विगतमा विद्यार्थी उत्तीर्ण गराएको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाको शैक्षिक सुधार गर्ने उद्देश्यले अभियान अघि बढाएको बताउनुभयो । 

अभियनाले गत वर्षभन्दा यो शैक्षिकसत्रमा २६ प्रतिशत बढी उत्तीर्ण भएको बताउँदै तिवारीले अबको तीन वर्षमा ८० प्रतिशत उत्तीर्ण गर्ने लक्ष्य रहेको बताउनुभयो । पालिका स्तरीय परीक्षा लिने अर्जुन चौपारी जिल्लाको पहिलो पालिका रहेको छ । पालिकाले शिक्षकलाई नतिजाअनुसार मूल्याङ्कन र पुरस्कृत गर्नेगरेको छ । गाेप

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal