विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

अर्जुन काफ्ले
स्याङ्जा,५ वैशाख- अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने तयारी थालिएको हो ।
शिक्षा शाखा सहायक कमला चापागाईँले यहाँ २७ विद्यालयका १५८ विद्यार्थीले कक्षा ३ को परीक्षा दिएकोमा ९६ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये ४० जनाले पूरक परीक्षा दिने उहाँले बताउनुभयो ।
यस्तै, १८ विद्यालयका १३७ विद्यार्थीले कक्षा ५ को परीक्षा दिएकोमा ४४ जना मात्र उत्तीर्ण भएको र अनुत्तीर्णमध्ये ३० जनाले पूरक परीक्षा दिने चापागाईँले बताउनुभयो ।
कक्षा ८ को ११ वटा विद्यालयका १९७ जना विद्यार्थीले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये ६१ जना पूरक परीक्षा दिने छन् ।
यहाँ समग्रमा ४९२ जना विद्यार्थी अर्थात् ४२.६८ प्रतिशत २१० जना उत्तीर्ण हुँदा १५१ जना विद्यार्थीले पूरक दिन लागेका हुन् । पालिकाले तीन वटा केन्द्र तोकेर वैशाख ९ देखि १२ गतेसम्म परीक्षा लिने जनाएको छ ।
यसरी पालिकास्तरीय परीक्षा दिएका विद्यार्थीलाई पालिकाले लिएको हो भने अन्य कक्षाको हकमा सम्बन्धित विद्यालयले पूरक परीक्षा लिएका छन् । निरन्तर मूल्याङ्कनका नाममा विगतमा विद्यार्थी उत्तीर्ण गराएको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकाको शैक्षिक सुधार गर्ने उद्देश्यले अभियान अघि बढाएको बताउनुभयो ।
अभियनाले गत वर्षभन्दा यो शैक्षिकसत्रमा २६ प्रतिशत बढी उत्तीर्ण भएको बताउँदै तिवारीले अबको तीन वर्षमा ८० प्रतिशत उत्तीर्ण गर्ने लक्ष्य रहेको बताउनुभयो । पालिका स्तरीय परीक्षा लिने अर्जुन चौपारी जिल्लाको पहिलो पालिका रहेको छ । पालिकाले शिक्षकलाई नतिजाअनुसार मूल्याङ्कन र पुरस्कृत गर्नेगरेको छ । गाेप

ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार