कुरा भन्दा काममा विश्वास गर्छु: मन्त्री गुरुङ

गोपाल जिटी

वालिङ,३ फागुन- नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले आँफू कुरामा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताउनुभएको छ । चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा आज बिहिबारबाट सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०’ को उद्घाटन गर्दै मन्त्री गुरुङले आँफूले गफ भन्दा काम गर्ने भन्दै नागरिकको साथ र सहयोगले आफ्ना योजनाहरु सफल हुने बताउनुभएको हो ।

निर्वाचनका बेला एउटा कुनै पार्टीको प्रतिनिधित्व गरेर आएको भए पनि जनप्रतिनिधिमा निर्वाचित भएपछि सबैको साझा रहेको उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पुर्ण पार्टी मेरो मित्र हो शत्रु त मात्र गरिवी, भ्रष्टाचार र बेथिति हो । यस्ता शत्रुलाई निरुत्साहित गर्नका लागि म सबैको साझा व्यक्ति भएर नागरिकको सेवामा लागेको छु ।”

विकास निर्माणको काम गराउनको लागि निर्वाचित आँपूmलाई निर्वाचित गरेको हो भन्ने कुरा बुझेको भन्दै मन्त्री गुरुङले अब बाँकी रहेका दिनहरुमा यहाँको विकास र उन्नतिमा लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘चापाकोटको कृषि क्याम्पस, ग्रामीण सडक, सिचाई, अस्पताल, कालीगण्डकीमा निर्माणाधीन पुल अलपत्र अवस्थामा परेको लगायतको सबै विषयमा आफ्नो आँखा पुगेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “यी विषयलाई यथार्थमा परिणत गर्नको लागि मैले काम गर्नु छ । त्यसैले गफ होइन् काम गर्नुछ । काम गर्नको लागि सबैको साथ र सहयोग आवश्यक छ ।”

चापाकोट भर्जिन सिटी भएको भन्दै मन्त्री गुरुङले आगामी दिनमा यसलाई सुन्दर सिटीको रुपमा विकसित गराउन सबै जना लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

पाँचवर्षको अन्तरालमा आयोजना गरिएको दोस्रो चापाकोट महोत्सव समग्र चापाकोटवासीको प्रतिष्ठासँग जोडिएको विषय भएको आयोजक चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले बताउनुभयो । हामी सबैको प्रतिष्ठासँग सरोकार राख्ने कार्यक्रममा चापाकोटलगायत आसपास र शुभचिन्तक सम्पूर्णमा महोत्सव अवधीभर अवलोकनका लागि उहाँले आग्रह गर्नुभयो ।

सुन्तौलिटारको बगैचाबाट सुरु भएको ¥याली मुख्य बजार परिक्रममा गरी कार्यक्रमस्थलमा पुगेको थियो । उद्घाटन कार्यक्रमका लागि बिभिन्न जातजतिका संस्कृतिसहित चापाकोटवासीको उत्साहजनक सहभागिता रहेको थियो । उद्घाटनका दिन राष्ट्रिय कलाकार रामजी पौडेल र तुलसा जिसीको प्रस्तुति रहेको थियो भने दर्शकहरुले निकै रमाइलोको अनुभूति गरेका थिए ।

मेलामा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल एवम् जिल्लास्तरीय भलिवल प्रतियोगिता राखिएको छ । यसैगरी दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका सूचना तथा सञ्चार उप समितिका संयोजक गोपीकृष्ण रेग्मीले जानकारी दिनुभयो ।

गाउँ– गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।

फागुन ३ गते बिहिबारदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०” फागुन १३ गतेसम्म चापाकोट ९ गंगालाल माविको खेलमैदानमा सञ्चालनमा हुनेछ ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal