एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन जना मनोनीत

काठमाडाैं,३ फागुन-नेकपा (एमाले) ले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ । 

बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो । 

महासचिव शङ्कर पोखरेलले काठमाडौँका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिनुभयो । 

बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको बताउनुभयो । 

केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा, साङ्गठनिक प्रतिवेदन र सङ्गठन सुदृढीकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भीर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बन्ने बताउनुभयो । 

मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्ने र अधिवेशनबाट बिदा भएकाको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम सय रुपियाँ उठाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा एजेण्डाको रूपमा प्रस्तुत गरिने उहाँले बताउनुभयो । गाेप

ताजा

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal