एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन जना मनोनीत
काठमाडाैं,३ फागुन-नेकपा (एमाले) ले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो ।
महासचिव शङ्कर पोखरेलले काठमाडौँका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिनुभयो ।
बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको बताउनुभयो ।
केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा, साङ्गठनिक प्रतिवेदन र सङ्गठन सुदृढीकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भीर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बन्ने बताउनुभयो ।
मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्ने र अधिवेशनबाट बिदा भएकाको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम सय रुपियाँ उठाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा एजेण्डाको रूपमा प्रस्तुत गरिने उहाँले बताउनुभयो । गाेप
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















