जय सीता राम कि जय श्रीराम  ?

खुमकान्त अर्याल

भगवान रामको जन्म अयोद्या नगरीमा भएको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले  नेपालको चितवन ठोरीमा भएको अयोद्यापुरी नै रामको जन्म स्थान हो भनि दाबी गरेपछि भारतीय मिडियामा त्यतिबेला भुकम्प नै गएको थियो ।  राम जन्म भूमिको विषयमा भारतीय सर्बोच्च अदालतलमा धेरै वर्षदेखि  चलेको मुद्दामा अयोध्यामा हाल निर्माणधीन ठाउँ बाबरी मस्जिदको नभै भगवान  रामको जन्मभूमि भएको फैसला गरेपछि दुइ सम्प्रदायका बीच बिबादको टुंगाे लागेको हो । करिब ५०० वर्ष देखिको मन्दिर बनाउने हिन्दु समुदायको प्रतीक्षा पुरा हुन लागेकोले पनि भारतको अयोध्यामा बन्दै गरेको राम मन्दिरको उद्घाटन र प्राण प्राणतिष्ठा चर्चाको विषय बनेको छ । निर्माण सम्पन्न हुन बाँकी मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठा गर्न हुदैन भनि  भारतका चारै पीठका सर्बोच्च आचार्यहरुले सुझाब दिएता पनि २२ जनवरीको दिन प्रधानमन्त्री नरेन्द्र मोदीले आँफै यजमान भै  मुर्तिको प्राण प्रतिष्ठा र  मन्दिरको उद्घाटन सम्पन्न गरेकाछन् ।   

आराद्यदेब भगवान रामको भब्य मन्दिर बनेको  खुशीयालीमा कतिपय हाम्रा नेपाली  दाजुभाइहरु पनि उद्घाटनको दिन अयोद्यामा दर्शन गर्न पुग्नुभयो ।  रामआदर्श,शील,नियम,उत्तमल संस्कार र बिनम्रताका प्रति मुर्ति भगवान भएकोले हिन्दु सभ्यतामा यो नामको उच्च स्थान छ । तसर्थ कसै संग भेटघाट हुदाजयश्रीराम,सीताराम,रामराम र सीयाराम आदीले अभिवादन गर्दछौं । निरन्तर प्रभुको नामको स्मरण र जापको लागि पनि यी मन्त्रहरुको उच्चारण गरि राख्छौ । 

रामका दुइरुपहरु छन् एक त्रेतायुगमा राजा दशरथको पुत्र भएर धर्मको रक्षा गर्नको लागि अबतार लिएर अयोद्यामा जन्म भएका राम ,( पर्षुराम,  हलधर बलराम आदि पनि राम कै रुप हुन)। अर्का  अद्यात्मिक अर्थका राम जो अजन्मा हुन्, परब्रम्ह वा शिब हुन, जसको आदि र अन्त्य छैन, जो सृस्टिका कारण हुन, जो अब्यक्त छन् र हाम्रो आँखाको पकडमा आउदैनन । यस्ता परब्रम्ह परमेश्वर रामलाइ जब सृस्टीको इक्षा स्फुरित हुन्छ,  तब उनले आँफुमा अन्तरनिहित शक्ति देबी प्रकृतिको साथलिएर यस ब्रम्हान्ड, जीब बनस्पति र पदार्थको श्रृस्टी गर्दछन् । तिनै अब्यक्त राम र पर्कृतिरुपि सीताको सम्मिलनबाट पदार्थ वा  सृस्टिका रुपमा ब्यक्त हुन्छ जो हामी  पनि  हौं र हाम्रा अगाडि जगतरुपमा व्याप्त छ  । तसर्थ हाम्रा विद्वान मनिसीहरुले शिवको आधाअंगमा माता उमालाई जोडेर  अर्धनारिस्वरको मुर्ती बनाएर पुजा र बन्दना गरे । जहां नारीको सम्मान हुन्छ त्यहाँ देवताहरुको बास हुन्छ भन्ने बैदिक सास्त्रिय प्रमाण भएकोले पहिला देबीको नाम राखिएको होला । त्यसैले कृष्ण मात्र नभनेर राधेकृष्ण, ,लक्ष्मी नारायण,सीताराम र  सियाराम आदि भनियो । एकल राम,वा बिष्णु,वा कृष्णले यो जगत पनि बन्न सक्दैन र देबी बिना भगवान सकृय हुनै सक्दैनन र उनीहरु बिना भगवान सृस्टी गर्न सक्षम नहुने   र जीबनी अपुरो हुने भएरनै शक्तिरुपा देबी र इस्वरको नाम जोडिएको हो । किनभने सीता नभए रामायण लेखिन्थेन,राधा नभए कसरि कृष्ण चरित्र हुन्थ्यो र लक्ष्मी नभए कसरि बिष्णु पुराण लेखिन्थ्यो त्यस्तै गरि माता उमा नभए कसरि देबी भागबत र शिब संहिता लेखिन्थ्यो ? 

 राम भारतको अयोध्यामा जन्मिएको मानौ तर सीता हाम्रो नेपालको जनकपुरमा जन्मिएकि हुन् यो कुरा निर्विवाद छ । सीता बिना रामको जीबनी अपुर्ण हुन्छ तर  भारतीय प्रधानमन्त्रीले जय श्रीराम को अभिवादन गर्दछन् ।  भारतभर सत्ताधारी बिजेपीले यहि नारामा आँफनो राजनितिक प्रचार गर्दछ ।  रामलाइ उसले आफ्नो कपि राइट नै मान्छ तर सीताको उच्चारण गर्दैन । बजरंग दल, बिजेपीका अरु भातृ संगठनहरुले फरक मत र आस्था राख्ने माथि  हमला गर्दा पनि जय श्रीरामको नारा लगाउँछन् र हिंसामा उत्रन्छन् । राम अहिंसाका प्रतिक हुन तसर्थ उनी बस्ने ठाउँलाई अवध भनिन्छ जहाँ बध हुदैन । राम प्रेम र क्षमाका प्रतिरुप हुन,उनी बस्नेठाउँलाई  अयोद्या भनिन्छ जहाँ युद्द हुदैन शान्ती र मेलमिलाप र सम्बृद्दि हुन्छ । राम आदर्श शील र बिनम्रताका खानी हुन सबैलाई समान ब्यबहार गर्दछन र कुशल प्रशासक पनि हुन त्यसैले मर्यादा पुरुषोत्तम भनिन्छ र  रामराज्यको प्रशंसा गरिन्छ । तर उनै रामको नाममा हिंसा,अरु धर्म र जाति जनजाति माथि भेदभाब गरेरै राजनीति गर्न पल्केको बिजेपी असली होइन राजनितिक हिन्दु हो भन्छु म ,उनीहरुमा रामका शील  देखिदैन । रामको नाममा गरिने हिंसा, भेदभाब स्वीकृत हुन सक्दैन ‌।

नरेन्द्र मोदी बिबाहित ब्यक्ति हुन तर उनले पत्नीलाई संगै नराखेर वास्ता नगरेको आरोप मिडियामा आउने गर्दछ । तसर्थ पनि के अनुमान गर्न सकिन्छ भने उनी सांगठनिक हिसाबले पनि र ब्यक्तिगत हिसाबले पनि महिलालाई उचित सम्मान दिन पर्छ भन्नेमा छैनन ।  त्यसैले हुनुपर्छ सीताको नाम छुटाएर जय श्रीराम मात्र भन्ने गर्दछन । नजिकको रोटीबेटीको सम्बन्ध छ भनेर उनले प्रबचन दिएता पनि साँच्चै नेपालको हित चाहदैनन तसर्थ उनी नेपालमा जन्मिएकी देबी सीताको नाम लिदैनन र भन्छन्  जय श्रीराम । हिजोको भाषणमा भगवानको नाम संगै जानकीमाता र नेपालको थोरै कुरा मिसाएका थिए तर यो सबै उनको देखावटी बाहेक केही होइन् । यी धेरै कुरा ख्याल नगरि हामीपनि  आँफनी माता देवी सीतालाई बिर्सेर मात्र जयश्री राम बोल्छौं । उनीहरुले आँफनो देशमा जे सुकै गरुन अब हामी सबैले भन्ने गरौ ‘जय सीतराम’। जय श्रीराम मात्र हामीले पनि भन्दै जानेहो भने भोली पर्सी भारतले सीता पनि उतै भारतको यो ठाउँमा जन्मेको रहेछ भन्न सक्छ उही गौतम बुद्द भारतमा जन्मेका हुन भनेर दाबी गरेजस्तै । हामी सबै को एउटै मन्त्र र  नारा हुनुपर्छ ‘जय सीताराम’ यसैमा हामी र हाम्रो देशको कल्याण छ,हाम्रो राष्ट्रियता पनि जोडिएको छ । अन्तमा फेरि पनि ‘जय सीता राम’ !

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal