भेषजराज साहित्य प्रतिष्ठानद्वारा रचना वाचन


वालिङ,१३ माघ–भेषजराज साहित्य प्रतिष्ठान वालिङ स्याङ्जाको नियमित रचना वाचनको ६९औँ श्रृखला वालिङ ८ भिमटारीमा रहेको पिरामिड कुटीमा सम्पन्न भएको छ ।
प्रतिष्ठानले हरेक महिना फरक फरक स्थानमा पुगेर साहित्य प्रतिभालाई उजार गर्ने उद्देश्यले रचना वाचन कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रह्लाद अर्यालले साहित्य समाजको ऐना भएको बताउदै साहित्यले समाज परिर्वतनमा ठुलो भुमिका खेल्दै आएको बताउनुभयो । साथै प्रतिष्ठानले आयोजना गर्ने रचना वाचन श्रृंखलाले नव प्रतिभा उजागर गर्दै साहित्यको संरक्षण तथा संर्वद्धन हुने अर्यालले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, सदस्य चोलाकान्त अर्याल, प्रतिष्ठानका सल्लाहकार डा.अच्युतशरण अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कमल बगाले, दमकुमारी बगाले, लक्ष्मी रेग्मी, शान्ता थापालगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal