कृषि तथा अर्गानीक वस्तुको बजारीकरणका लागि वालिङ महोत्सव
वालिङ,१३ माघ–“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजित आठौं वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म आयोजना हुँदैछ । यसपटकको महोत्सव कृषिमय हुने आयोजकको भनाइ रहेको छ ।
महोत्सवमा २० ओटा स्टल निशुल्क र १० ओटा विषेश छुटमा कृषि उपजको विक्रि वितरण, प्रर्दशनीका लागि उपलब्ध गराउने आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
गाउँका कृषक सम्पन्न नभएसम्म व्यापारी व्यवासायीको व्यापार हुन नसक्ने भएकाले गाउँमा उत्पादन भएका कृषि उपजहरुको बजारीकरण गर्न तथा अर्गानीक वस्तुको विक्रि वितरण गर्न वालिङ महोत्सवको आयोजना गरिएको संघका पुर्व अध्यक्ष तथा जग्गा तथा अनुगमन व्यवस्थापन उपसमितिका संयोजक पुण्यप्रसाद अर्यालले बताउनुभयो ।
अर्यालले भन्नुभयो,“गाउँका किसान सम्पन्नशाली नहुँदासम्म बजार आर्थिक रुपमा चलायमान हुन सक्दैन भन्ने हामीले बुझेकाछौँ । ग्रामिण भेगमा उत्पादन भएका वस्तुहरुको बजारीकरण गर्न यो महोत्सवको आयोजना गरेकाहौं ।”
विगतका ७ वटै महोत्सवमा प्रत्यक्ष रुपमा संंलग्न भएर काम गर्नुभएका अर्यालले दुवो भएको खेलमैदानमा दर्शक बस्ने व्यवस्था मिलाईएको र खेलमैदानको साईडमा रहेको जग्गामा स्टलहरु बाल उद्यान निर्माण गर्ने कार्य चलिरहेको बताउनुभयो ।
पुर्व अध्यक्ष अर्यालले वालिङलाई राष्ट्रिय रुपमा चिनाउन वालिङ महोत्सवको पनि महत्वपुर्ण भुुमिका रहेको बताउनभुयो । उहाँले भन्नुभयो,“महोत्सवले वालिङको पहिचानका लागि महत्वपुर्ण भुमिका खेलेको छ । अन्य थुप्रै सकरात्मक कार्यका कारण वालिङको पहिचान बनेको छ । त्यसमध्य एउटा कार्य महोत्सव पनि हो ।”
त्यस्तै संघका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमितिका संयोजक रमेश अर्यालले सचिवालय व्यवस्थापनको कार्य दु्रत गतिमा अगाडि बढेको बताउनुभयो । आठौं महोत्सवमा कृषि, शैक्षिक प्रर्दशनी, बाल प्रतिभाहरुको प्रर्दशनी गरिने जानकारी दिदै महोत्सवले पढ्न सिकाउने, कृषि यान्त्रीकरणको बारेमा जानकारी दिने, उद्यमीलाई प्रर्वद्धन गर्ने, पर्यटनलाई उजागर गर्न महत्परुर्ण भूमिका खेल्ने बताउदै महोत्सवलाई अपांगमैत्री बनाउने प्रयास गरिएको समेत जानकारी दिनुभयो ।
महासचिव अर्यालले भन्नुभयो,“हामीले यस पटक २९ ओटा उपसमिति गठन गरेर सोही अनुसारको तयारी गरेका छौँ । महोत्सवलाई सक्दो अपांगमैत्री बनाउने प्रयासमाछौँ । फरक क्षमता भएकाहरुलाई निशुल्क महोत्सव स्थल प्रवेश गर्ने व्यवस्था मिलाउछौँ ।” महोत्सवमा ३०० बढी स्टलहरु रहनेछन् भने ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा १ करोड २६ लाख आम्दानी, ७९ लाख ५१ हजार खर्च गर्दै ५६ लाख ४९ हजार बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।

ताजा
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन
२०८३ जेष्ठ १५ गते, शुक्रबार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार





















