भिमटारीमा च्याउ खेती सम्बन्धी तालिम

वालिङ,१३ माघ–भिमटारी सामुदायिक सिकाई केन्द्र वालिङ ८ भिमटारीले एक दिने च्याउ खेती तालिम सञ्चालन गरेको छ । शनिबार सम्पन्न एक दिने च्याउ खेती तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाकी उपप्रमखु कविता तिवारीेले कृषि क्षेत्रको उन्नतिका लागि नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढाएको बताउनुभयो ।
कृषिका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको भन्दै सिकाई केन्द्रले कृषकलाई च्याउ खेतीमा लाग्न अभिप्रेरित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उपप्रमुख तिवारीले वालिङका १४ वटै वडामा माटो तथा हावापानी सुहाउँदो कृषि खेती प्रणालीलाई अगाडि बढाईने बताउदै त्यसका लागि प्राविधिक सहयोग तथा बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीले तालिममा सिकेको सिपलाई उपयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न सहभागिलाई आग्रह गर्नुभयो ।
तालिममा वडा भित्रका ५५ जना कृषक तथा कृषिमा चासो राख्ने व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा डाँसीनारायण अर्यालले सहजीकरण गर्नुभएएको थियो । तालिमा सहभागि सबैलाई च्याउको बिउ तथा च्याउ खेतीका लागि आवश्यक सामाग्रीहरु समेत वितरण गरिएको सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायाण रेग्मीले जानकारी दिनुभयो ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार