भिमटारीमा च्याउ खेती सम्बन्धी तालिम
वालिङ,१३ माघ–भिमटारी सामुदायिक सिकाई केन्द्र वालिङ ८ भिमटारीले एक दिने च्याउ खेती तालिम सञ्चालन गरेको छ । शनिबार सम्पन्न एक दिने च्याउ खेती तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाकी उपप्रमखु कविता तिवारीेले कृषि क्षेत्रको उन्नतिका लागि नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढाएको बताउनुभयो ।
कृषिका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको भन्दै सिकाई केन्द्रले कृषकलाई च्याउ खेतीमा लाग्न अभिप्रेरित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उपप्रमुख तिवारीले वालिङका १४ वटै वडामा माटो तथा हावापानी सुहाउँदो कृषि खेती प्रणालीलाई अगाडि बढाईने बताउदै त्यसका लागि प्राविधिक सहयोग तथा बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारीले तालिममा सिकेको सिपलाई उपयोग गरी व्यवसायिक रुपमा अगाडि बढ्न सहभागिलाई आग्रह गर्नुभयो ।
तालिममा वडा भित्रका ५५ जना कृषक तथा कृषिमा चासो राख्ने व्यक्तिहरुको सहभागिता रहेको थियो । तालिममा डाँसीनारायण अर्यालले सहजीकरण गर्नुभएएको थियो । तालिमा सहभागि सबैलाई च्याउको बिउ तथा च्याउ खेतीका लागि आवश्यक सामाग्रीहरु समेत वितरण गरिएको सिकाई केन्द्रका अध्यक्ष नेत्रनारायाण रेग्मीले जानकारी दिनुभयो ।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















