वालिङ महोत्सवमा नव प्रतिभालाई अवसर

गाेपाल जिटी

वालिङ,१३ माघ- यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव हुँदैछ । समग्र वालिङकै महान पर्वकारुप हेरिएको महोत्सवमा नव प्रतिभालाई अवसर प्रदान गरिने सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयने। 

आयोजक वालिङ उद्योग वाणिज्य संघका उपाध्यसमेत रहनुभएका अर्यालले आठौं संस्करणको महोत्सवमा डान्स आइडल सिजन थ्री आयोजना गरेर नव प्रतिभाशाली भाइबहिनीहरुलाई अवसर प्रदान गरिएको बताउनुभयाे।

सांस्कृतिक उपसमितिका संयोजक अर्यालका अनुसार जिल्लाका पाँचवटा नगरपाकिाका भाई बहिनीहरुको सहभागितामा डान्स आइडल सिजन थ्री प्रतियोगिता सञ्चालन गरिने छ । यसका लागि भीरकोट, पुतलीबजार, चापाकोट र गल्याङ नगरपालिकामा छनौट प्रकृया सम्पन्न भैसकेको छ भने वालिङमा शुक्रबार अडिसन राउण्ड सम्पन्न गरिएको छ । उद्योग वाणिज्य संघ रहेका पालिकाहरुबाट छनौट गरी प्रतियोगितामा सहभागी गराइने कार्यक्रम अनुसार अडिसन राउण्ड सञ्चालन गरिएको हो । 

योसँगै लोक भजन प्रतियोगिता महोत्सवमा सञ्चालन गरिने सांस्कृतिक संयोजक अर्यालले जानकारी दिनुभयाे। लोक भजन गीत, नव प्रतिभाहरुको सहभागितामा हुने डान्स आइडल र रत्यौलीगीतका प्रतियोगितात्मक कार्यक्रम यस पटकको महोत्सवमा दैनिक अवलोकन गर्न सकिने छ । तीन वटै विधाका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । यसरी विगतमा भन्दा भिन्न र नयाँ तरिकाले आठौं संस्करणको महोत्सव सञ्चालन गरिनेछ भने यसकासाथै बहुचर्चित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति दैनिकरुपमा रहने आयाेजक वालिङ उद्याेग वाणिज्य संघले जनाएकाे छ। 

ताजा

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal