चक्रदेवी विद्यालय आधारभूत तहमा वालिङमै नमुना बन्दै
वालिङ,१३ माघ- वालिङ नगरपालिका १२ डाँडाखर्कमा रहेकाे चक्रदेवी आधारभूत विद्यालय आधारभूत तहमा वालिङमै नमुना विद्यालयकाे रुपमा रहेको विद्यालयकाे ४१औंवार्षिक उत्सव एवं नवनिर्मित भवनकाे उद्घाटन कार्यक्रमका बक्ताहरुकाे भनाइ रहेकाेछ।

शिक्षा विकास समन्वय ईकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नेकपा एमाले नगरकमिटी अध्यक्ष शाेभाकान्त पाैडेल, नगरपालिका वडा नम्बर १२ का अध्यक्ष विश्वराज गुरुङ,१३ का अध्यक्ष नमलाल डुम्रे,कार्यपालिका सदस्य भक्त बहादुर गोतामे,राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश ईन्चार्ज झबिलाल डुम्रे,वडा सदस्य तिल बहादुर डाला, नेपाली काङ्ग्रेसका युवा नेता कमल कुंवर,घुगुरुङ्खा माविका प्र.अ. शिवहरी न्यौपाने,प्रेस चौतारीका केन्द्रीय सदस्य हिमलाल पराजुली,पुर्व विधार्थी एवम् पत्रकार शिव डुम्रे,विधालयका प्र.अ. तुलसीराम डुम्रे,पुर्व प्र.अ.गणेश प्रसाद पाठक लगायतले बाृल्नुभएकाे थियाे।

विद्यालयको ४१ औं वार्षिकेत्सवकाे अवसर पारेर विद्यालयकाे ४ कोठे नवनिर्मित भवन,स्वागत गेट खानेपानी ट्याङ्की र कम्प्युटर ल्याबको संयुक्त उद्घाटन गरिएकाे थियाे।
कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक विद्यालयको गुणस्तर बढाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए । केही समय अगाडि सम्म टिनको पाताबाट पानी चुहिने विद्यालय आज आधुनिक भवन बन्दै गुणस्तरीय शिक्षा बनाउन पहल भएकोमा वक्ताहरुले सकारात्मक पहल गरे सकारात्मक परिणाम आउने समेत बताएका थिए।

कार्यक्रममा जग्गादाता,चन्दादाता,अक्षयकोष दाता,पुर्व व्यवस्थापन समितिका सबै अध्यक्षहरु,पुर्व प्रअहरु,पुर्व शिक्षकहरु,पुर्व जनप्रतिनिधि तथा हालका जनप्रतिनिधि,जेष्ठ नागरिक, विधालयमा पढेका पुर्व विधार्थीहरु स्नातकोत्तर गरेका,सरकारी सेवामा कार्यरत तथा विशिष्ट क्षेत्रमा भुमिका खेलेका सबैलाई सम्मान समेत गरिएको थियोे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षिका तुलसा डुम्रे भुर्तेल र सञ्चालन थानेश्वर न्यौपाने र सुजन गैरेले गर्नुभएकाे थियाे।


ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















