मेलमिलापकर्तालाई तालिम


वालिङ,२२ पुस- वालिङ नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुका लागि उच्चस्तर तालिम सुरु भएको छ ।
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारीले गाउँगाउँमा हुने गरेका विभिन्न प्रकृतिका विवादमा मेलमिलाप गराउने काम भईरहेको बताउनु भयो ।
विभिन्न विवादमा मेलमिलापकर्ताको सकारात्मक भूमिका रहनु पर्ने बताउदै उपप्रमुख तिवारीले निस्वार्थभावले कार्यगर्ने मेलमिलापकर्ता नगरका गहना भएको बताउनु भयो ।
वालिङ नागरिकको न्यायिक समिति र मेलमिलापकर्ताहरु प्रति विश्वास रहेका कारण वालिङले यसमा पहिचान बनाएको उपप्रमुख तिवारीको भनाइ थियो । आगामी दिनमा मेलमिलापकर्ताको सक्रियता र भूमिकालाई अझै प्रभावकारी बनाउदै लैजाने उहाँले बताउनुभयो ।
कार्यक्रममा न्यायिक समितिका सदस्य पोतप्रसाद लम्साल,वालिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद अर्याल लगायतले बोल्नुभएको थियो ।
वालिङ नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिवक्ता नेत्रप्रसाद सुवेदीले नगरपालिकामा एक सय एक मेलमिलापकर्ता रहको जानकारी दिनुभयो ।
पाँच दिन सम्म सञ्चालन हुने तालिममा रमिला हुमागाई र रिता मानन्धरले सहजीकरण गर्नु हुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal