वालिङ महोत्सव खेलमैदानमै


वालिङ,२२ पुस-आठौँ वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमै हुने भएको छ । आईतबार खेलमैदानमा पत्रकार सम्मेलन गरी वालिङ उद्योग वाणिज्य संघले सातौँ संस्करणको महोत्सव यही खेलमैदानमै सम्पन्न गरेको भन्दै आठौँ महोत्सव पनि खेलमैदानमै सम्पन्न गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव वालिङको ब्राण्ड भएकाले थप उचाईमा लैजान आठौँ महोत्सवले सहयोग पुग्ने बताउनुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रवद्र्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको बताउदै महोत्सवले गाउँगाउँमा उत्पादन भएका वस्तुको बजारीकरण गर्न सहयोग पुगेने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका पौडेलको भनाइ थियो ।
खैल मैदानको दुवो संरक्षण गर्दै महोत्सव गरिने र आगामी दिनहरुमा पनि दुवो संरक्षणमा संघले महत्वपूणर् भूमिका खेल्ने महोत्सव आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वालिङस्थित राजनीतिक दल, युवा क्लवहरु, व्यापार व्यावसायीहरुको राय सल्लाहमा खेलमैदानमा नै महोत्सव सञ्चालन गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव सञ्चालनका लागि स्थानीय सरकारकारुपमा रहेको वालिङ नगरपालिकाले अनुमति प्रदान गरेकोसमेत अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा आठौँ वालिङ महोत्सवका सल्लाहकार संयोजक दिलिपप्रताप खांणले वालिङ खेलमैदान सार्वजनिक मैदान भएको भन्दै महोत्सव नगर्नको लागि खेलकुद परिषदले पठाएको पत्रको कुनै औचित्य नहुँने बताउनभुयो ।
पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले खेलमैदानमा लगाईएको दुवोको माया र महत्व वालिङ उद्योग वाणिज्य संघलाई पनि भएको भन्दै दुवोलाई नमास्ने गरी खेलमैदानको वरपर रहेका जग्गाहरुमा बालउद्यान तथा अन्य संचरनाहरु निर्माण गर्ने बताउनुभयो ।
खेलमैदानको दुवोको संरक्षणका लागि संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत रकम छुट्याउने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएकोछ ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजना गरिएको महेत्सवमा यहाँका स्थानीय कृषि उपजहरुको बजारीकरण गर्दै वालिङमा रहेका संभावनाहरुको उजागर गर्न महोत्सवले सघाउ पुग्ने उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु रहनेछन् । जसमा ५० प्रतिशत बुक भैईसकेको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी सहितको फोटो प्रदर्शनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोड रहको छ भने आयोजक वाणिज्य संघ र वालिङ नगरपालिका रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिनेछ भने प्रतियोगितात्मक कृषि उपजको प्रदर्शनी रहनेछ । महोत्सवमा विद्यार्थीका लागि ७० र अन्यका लागि १ सय रुपैयाँको टिकट तोकिएको छ । महोत्सवमा यहाँका स्थानीय व्यापारीले स्टल राख्न चाहेमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरिएको छ । महोत्सवको ३ लाख दर्शकले अवलोकन गर्नेछन भने महोत्सव अवधिभर १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च हुने र ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ ।
वालिङ नगरपालिकाले गतवर्ष राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार गरेपछि महोत्सव स्थल अन्यौलमा परेको थियो ।
नगरपालिकाले वडा अध्यक्षहरूको वैठकराखी महोत्सव सञ्चालनका लागि खेलमैदान दिने यही पुस १९ गते निणर्य गरेको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले भने यही पुस २० गते खेल मैदानको क्षेती पुग्ने हुँदा सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षाका लागि जिल्ला खेलकुद विकास समितिको सहमति वेगर मेला महोत्सव सञ्चालन रोक्न वालिङ नगरपालिकालाई अनुरोधसहित पत्र पठाएको थियो ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal