केपी ओली कप : आर्मीको विजयी सुरुवात
काठमाडौँ,११ मङ्सिर- विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० प्रतियोगिताका विजयी सुरुवात गरेको छ । समूह ‘डी’ अन्तर्गत पोखरा रङ्गशालामा सोमबार भएको खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई एक सय १० रनले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९५ रन बनाएको थियो । आर्मीका लागि सन्तोस कार्कीले सर्वाधिक ४१ रन बनाउनुभयो । कप्तान विनोद भण्डारीले ३८, विवेक यादवले अविजित २९ र कुशल मल्लले २५ रन जोड्नुभयो । बलिङमा मदन भण्डारीका मोहील श्रेष्ठले दुई विकेट लिनुभयो ।
जितका लागि एक सय ९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी १५.४ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको थियो । मदन भण्डारीका लागि निर्भिक पाठकले २८ रन बनाउनुभयो । मदन भण्डारीलाई सस्तैमा समेट्न आर्मीका कुशल मल्लले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया र साहव आलामले समान दुई दु्ई विकेट झार्नुभएको थियो । सोमबार नै भएको पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराएको थियो ।
मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पाउनेछन् । यस्तै म्यान अफ द सिरिजले ३० हजार, बेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् ।गाेप
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















