भूकम्प पिडितकाे घर निर्माणमा सहयाे गर्न रुकुम पश्चिम पुगेका युवासंघ स्याङ्जाका अध्यक्ष खनाल विद्यार्थीलाई मायाकाे चिनाे दिएर जिल्ला फर्किए

वालिङ,११मङ्सिर- भूकम्प पिडितकाे अस्थायी घर निर्माणकाे लागि रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिका पुगेका युवासंघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनाल (शुसिल)चाैरजहारी नगरपालिका ११ नम्बर वडाका २७ जना विद्यार्थीहरुलाई मायाकाे चिनाे स्वरुप कापि र कलम वितरण गरेर जिल्ला फर्किनुभएकाे छ। 

भूकम्पबाटप्रभावित भएका बालबालिकाहरुलाई पठनपाठन कार्यमा हाैसला प्रदान गर्ने उद्देश्यले बालबालिकाहरुलाई कापिकलम वितरण गरेकाे खनालले बताउनुभयाे।

असाेज १६ गते गएकाे भूकम्पमा परि चाैरजहारी नगरपालिका  सर्केना गाउँमा सत्र घर भत्किएका थिए जस मध्ये स्याङ्जाबाट गएकाे युवा संघकाे टाेलीले ९ ओटा अस्थायी टहरा निर्माण गरिसकेकाे छ भने अन्य निर्माण कार्य जारि राखेकाे छ। कात्तिक २ गते चाैरजहारी पुगेकाे युवा संघ स्याङ्जाले संघ आवद्ध युवाहरुलाई पालैपालाे अस्थायी आवास निर्माण कार्यमा खटाएकाे छ। एक दुई दिन भित्रैमा २५ जना युवाहरु अस्थायी आवास निर्माणकाे लागि चाैरजहारी पुग्ने युवा संघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनाल (शुसिल)ले जानकारी दिनुभयाे। भूकम्प प्रभावित जन्ताकाे अवस्था दयनिय रहेकाेले थप युवाहरु परिचालन गरे त्यहाँका स्थानीय बासिन्दालाई ओतमा राख्ने समेत खनालले बताउनुभयाे। 

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal