भूकम्प पिडितकाे घर निर्माणमा सहयाे गर्न रुकुम पश्चिम पुगेका युवासंघ स्याङ्जाका अध्यक्ष खनाल विद्यार्थीलाई मायाकाे चिनाे दिएर जिल्ला फर्किए

वालिङ,११मङ्सिर- भूकम्प पिडितकाे अस्थायी घर निर्माणकाे लागि रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिका पुगेका युवासंघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनाल (शुसिल)चाैरजहारी नगरपालिका ११ नम्बर वडाका २७ जना विद्यार्थीहरुलाई मायाकाे चिनाे स्वरुप कापि र कलम वितरण गरेर जिल्ला फर्किनुभएकाे छ।
भूकम्पबाटप्रभावित भएका बालबालिकाहरुलाई पठनपाठन कार्यमा हाैसला प्रदान गर्ने उद्देश्यले बालबालिकाहरुलाई कापिकलम वितरण गरेकाे खनालले बताउनुभयाे।
असाेज १६ गते गएकाे भूकम्पमा परि चाैरजहारी नगरपालिका सर्केना गाउँमा सत्र घर भत्किएका थिए जस मध्ये स्याङ्जाबाट गएकाे युवा संघकाे टाेलीले ९ ओटा अस्थायी टहरा निर्माण गरिसकेकाे छ भने अन्य निर्माण कार्य जारि राखेकाे छ। कात्तिक २ गते चाैरजहारी पुगेकाे युवा संघ स्याङ्जाले संघ आवद्ध युवाहरुलाई पालैपालाे अस्थायी आवास निर्माण कार्यमा खटाएकाे छ। एक दुई दिन भित्रैमा २५ जना युवाहरु अस्थायी आवास निर्माणकाे लागि चाैरजहारी पुग्ने युवा संघ स्याङ्जाका अध्यक्ष पिताम्बर खनाल (शुसिल)ले जानकारी दिनुभयाे। भूकम्प प्रभावित जन्ताकाे अवस्था दयनिय रहेकाेले थप युवाहरु परिचालन गरे त्यहाँका स्थानीय बासिन्दालाई ओतमा राख्ने समेत खनालले बताउनुभयाे।


ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार