वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


वालिङ,११ मङ्सिर- वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।सोमबार बसेको वालिङ नगरपालिका शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निणर्य गरेको हो ।
प्रतियोगितामा वालिङ नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । विद्यालय तहका विद्यार्थीहरुमा खेलकुद प्रति अभिरुची जगाउदै खेलका माध्यमबाट भातृत्वको विकास गर्ने उद्देश्यका साथ प्रतियोगितको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी र फुटबल लगायतका खेलहरु समावेश गरिने नगरपालिकाले जनाएको छ ।
पुष ४ गतेबाट सुरु हुने प्रतियोगिता वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन हुनेछ ।
बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थापन गर्न विधागत तर्फ जिम्मेवारी तोकेको छ । भलिबलतर्फ चित्रजंग गुरुङ,मार्शल आर्टस्तर्फ मनोज बुढाथोकी,एथ्लेटिक्सतर्फ दिपेन्द्र खाँण,कबड्डीतर्फ चतुर्भुज गैह्रे र फुटबलतर्फ लाल बहादुर ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal