वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

वालिङ,११ मङ्सिर- वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।सोमबार बसेको वालिङ नगरपालिका शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निणर्य गरेको हो ।
प्रतियोगितामा वालिङ नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । विद्यालय तहका विद्यार्थीहरुमा खेलकुद प्रति अभिरुची जगाउदै खेलका माध्यमबाट भातृत्वको विकास गर्ने उद्देश्यका साथ प्रतियोगितको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी र फुटबल लगायतका खेलहरु समावेश गरिने नगरपालिकाले जनाएको छ ।
पुष ४ गतेबाट सुरु हुने प्रतियोगिता वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन हुनेछ ।
बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थापन गर्न विधागत तर्फ जिम्मेवारी तोकेको छ । भलिबलतर्फ चित्रजंग गुरुङ,मार्शल आर्टस्तर्फ मनोज बुढाथोकी,एथ्लेटिक्सतर्फ दिपेन्द्र खाँण,कबड्डीतर्फ चतुर्भुज गैह्रे र फुटबलतर्फ लाल बहादुर ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार