वालिङमा गौमुत्र वितरण
वालिङ,११असोज-वालिङमा गौमुत्र वितरण गरिएको छ । शनिबारदेखि सुरुहुने सोह्र श्राद्धलाई लक्षित गरी एक कार्यक्रमकाबीच बिहीबार वालिङ बजार क्षेत्रमा गौमुत्र वितरण गरिएको हो ।
वालिङ नगरपालिका ८ काफलडाँडास्थित धुनि शिवालय गुठी गौशाला आश्रमले गौमुत्र वितरण गरेको हो । वालिङ क्षेत्रका टोल टोल र घरहरुमा गौमुत्र र गोबर पुर्याइएको छ । गौमुत्र र गोबर वितरण गर्दै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य एवं भागवत अलङ्कार पण्डित नेत्र पराजुलीले सोह्र श्राद्धमा आवश्यक पर्ने गौमुत्रको अभाव नहोस भनेर वितरणमा लागिएको बताउनुभयो ।
आफ्ना पित्रृहरुलाई श्रद्धापूर्वक अर्पण गरिने विधिलाई श्राद्ध भनिन्छ, उहाँले भन्नुभयो, “सोह्र श्राद्धका बेला सबै पितृहरु यहाँ उपस्थित हुन्छन्, उहाँहरुको उद्धारका लागि गो प्रदत्त वस्तु पञ्चकव्य आवश्यक पर्दछ । जुन गाईको दूध, गाईको गहँँत, गोबर, गाईकै घिउ र दहीबाट बनाइने पञ्चकव्य हामीले प्रास्चन गरेरमात्रै धार्मिक कार्यमा अगाडि बढ्न सकिन्छ भन्ने शास्त्रीय मान्यता हो ।”
भागवतालङ्कार पराजुलीले शरीरको स्वस्थताका निमित्त वैज्ञानिक हिसावले पनि प्रास्चन गरेपछि हाम्रो शरीरलाई व्यायाममा राख्नसक्ने शक्ति प्राप्त हुन्छ । त्यसैले यो पञ्चकव्य महत्वपूणर् छ ।
टोल टोलमा मन्दिर तथा घर घरमा गएर गौमुत्र वितरण गरेका छौं यो ग्रहणगरेर आफ्ना पितृहरुको उद्धारमा सबै सहभागी भैदिनुहुन भागवतालङ्कार पराजुलीले सबैलाई आग्रह गर्नुभएको छ ।
गाईपाल्ने प्रचलन हराउँदै जानु तर गाई र गाईको मलमुत्र हिन्दु परम्परामा पूजाआजा लगायत पितृकार्यमा नभै नहुनु पछिल्लो समयको सामाजिक समस्या हो । यही समस्यालाई मध्यनजर गर्दै धुनि शिवालय गुठी गौशाला आश्रमले गरेको गौमुत्र वितरणले सहजता ल्याएको छ । यो अभियानसँगै वालिङबासीलाई आवश्यक पर्दा कुनैपनि समय गाई तथा गौमुत्रको अभाव हुन नदिइने गौशाला आश्रमले जनाएको छ ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















