उपकार सहकारीद्वारा सञ्चालित नेतृत्व क्षमता अभिवृद्धि तालीम सम्पन्न

वालिङ,११असोज-वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ ।
सहकारीले यही असोज ३० गते हुने नवौं अधिवेशन लक्षित पूर्व नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालीम सञ्चालन गरेको हो ।
संस्थाको मुख्य कार्यालयको हलमा सञ्चालित तालीममा ६४ जनाको सहभागीता रहेको थियो ।
सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सहकारीका कार्यबाहक अध्यक्ष लक्ष्मीपति पौडेलले संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिमा उमेदवार बन्नका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था भए बमोजिम तालीम सञ्चालन गरिएको बताउनुभयो ।
तालीमको सहजिकरण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कुन ) का प्रशिक्षक सूर्यप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
२०५० सालमा स्थापना भएको सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन असोज २९ र ३० गते हुने भएको छ ।
साधारणतया सहकारी संस्थाहरुले पुस महिनामा साधारणसभा गर्ने परिपार्टी रहेका बेला उपकारले भने असोजमै गर्ने भएको हो । आगामी मंसिर ७ गतेसम्म वर्तमान सञ्चालक समितिको कार्यकाल रहेपनि २ महिना अगावै अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी लागेको हो ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार