उपकार सहकारीद्वारा सञ्चालित नेतृत्व क्षमता अभिवृद्धि तालीम सम्पन्न


वालिङ,११असोज-वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ ।
सहकारीले यही असोज ३० गते हुने नवौं अधिवेशन लक्षित पूर्व नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालीम सञ्चालन गरेको हो ।
संस्थाको मुख्य कार्यालयको हलमा सञ्चालित तालीममा ६४ जनाको सहभागीता रहेको थियो ।
सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सहकारीका कार्यबाहक अध्यक्ष लक्ष्मीपति पौडेलले संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिमा उमेदवार बन्नका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था भए बमोजिम तालीम सञ्चालन गरिएको बताउनुभयो ।
तालीमको सहजिकरण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कुन ) का प्रशिक्षक सूर्यप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
२०५० सालमा स्थापना भएको सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन असोज २९ र ३० गते हुने भएको छ ।
साधारणतया सहकारी संस्थाहरुले पुस महिनामा साधारणसभा गर्ने परिपार्टी रहेका बेला उपकारले भने असोजमै गर्ने भएको हो । आगामी मंसिर ७ गतेसम्म वर्तमान सञ्चालक समितिको कार्यकाल रहेपनि २ महिना अगावै अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी लागेको हो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal