राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
वालिङ,६असोज-राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रतिष्ठान स्याङ्जाले शनिबार २२ औं वार्षिक साधारणसभा वालिङमा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कलाकारको दुःख सुखको सारथी भएको बताउनुभयो ।
अग्रजहरुको सुरुवात र हामी सबैको प्रयासबाट प्रतिष्ठान केन्द्रले डेढ करोड बढिको कलाकार कल्याणकारी कोष स्थापना गरिसकेकाले कलाकारको हरेक दुःख सुखको सारथीको रुपमा काम गर्दै आएको गण्डकी प्रदेशका संयोजकसमेत रहनुभएका केन्द्रीय सचिव रिजालले बताउनुभएको हो ।
कलाकारिताको कर्ममा लागेका र नेपाली लोकगीत संगीतमा समर्पित कलाकारहरुलाई विपतका बेला अभिभावकीय भूमिका निभाउदै आएकाले निर्धक्कसँग लाग्न उहाँले आग्रह गर्नुभयो ।
साधारणसभाको अवसरमा प्रतिष्ठान स्याङ्जाका निवर्तमान अध्यक्ष ऋषि डुम्रेले आफ्नो कार्यकालमा जिल्लामा गरिएको कलाकार कल्याणकारी कोष स्थापनाको लागि रु २ लाख ५ हजारको चेक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपाल जिटी, पूर्व अध्यक्षहरु अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डेलाईलाई संरक्षक र जिल्लाका पाँचवटै नगरपालिकालाई संरक्षक संस्थाकोरुपमा कदरपत्र प्रदान गरिएको छ । यस्तै पदमराज गुरुङलाई सल्लाहकारमा मनोनित गरिएको प्रमाणपत्र हस्तान्तर गरिएको थियो ।
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















