प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

बेइजिङ,६ असोज- चीनको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार चीनको हाङ्चाओ सहरमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीनको सो सहर आउनुभएको हो । सो सहरमा एसियाली खेलकुद आयोजना भइरहेको छ ।

आज हाङ्चाओ आउनुभएका प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानलेले स्वागत गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री दाहाल तथा नेपाली प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ राष्ट्रपति सीले दिवा भोजको आयोजना पनि गर्नुभएको छ ।

सो सहरमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहनुहुने प्रधानमन्त्री दाहाल हाङ्चाओबाट बेइजिङ आउने र यहाँ चिनियाँ प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal