राहत शिक्षकको आन्दोलन जारी, शिक्षक महासंघले धोकादिएको आरोप

फाइल तस्विरः
काठमाडौं,६असोज- असोज ३ गतेदेखि सुरुभएको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएकाहुन । शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो । हिजो भएको सहमतिमा आफुहरुका मागको सम्बोधन नभएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएकाछन भने स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट आ-आफ्नो जिल्ला फर्किएका छन् ।
शुक्रबार (हिजो) सरकार र शिक्षक महासंघ बिच भएको सहमतिले शिक्षक आन्दोलनलाई दुई भागमा बिभाजित गरिदिएको छ । राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका (सम्पूणर् अस्थायी किसिमका) शिक्षक एवं कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्।
उनीहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन । आन्दोलनरत शिक्षकहरुले हिजो भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने नारा लगाउदै प्रदर्शन गरिरहेका छन् प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा तीन दिनसम्म चलेको आन्दोलनपछि सरकारले शिक्षक महासंघले उठाएका माग पूरा गरे पनि राहत शिक्षकले भने त्यसलाई धोका भएको भनेका छन् ।
देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक कार्यरत रहेका छन् । आन्दोलनरत शिक्षकहरुले शिक्षक महासंघले आफुहरुलाई धोका दिएको भन्दै महासंघमा नरहने समेत घोषणा गरेका छन् ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार