राहत शिक्षकको आन्दोलन जारी, शिक्षक महासंघले धोकादिएको आरोप
फाइल तस्विरः
काठमाडौं,६असोज- असोज ३ गतेदेखि सुरुभएको काठमाडौं केन्द्रित आन्दोलन जारी रहेको छ । राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएकाहुन । शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको थियो । हिजो भएको सहमतिमा आफुहरुका मागको सम्बोधन नभएको भन्दै राहत शिक्षकले आन्दोलनलाई निरन्तरता दिएकाछन भने स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट आ-आफ्नो जिल्ला फर्किएका छन् ।
शुक्रबार (हिजो) सरकार र शिक्षक महासंघ बिच भएको सहमतिले शिक्षक आन्दोलनलाई दुई भागमा बिभाजित गरिदिएको छ । राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका (सम्पूणर् अस्थायी किसिमका) शिक्षक एवं कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन्।
उनीहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन । आन्दोलनरत शिक्षकहरुले हिजो भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने नारा लगाउदै प्रदर्शन गरिरहेका छन् प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा तीन दिनसम्म चलेको आन्दोलनपछि सरकारले शिक्षक महासंघले उठाएका माग पूरा गरे पनि राहत शिक्षकले भने त्यसलाई धोका भएको भनेका छन् ।
देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक कार्यरत रहेका छन् । आन्दोलनरत शिक्षकहरुले शिक्षक महासंघले आफुहरुलाई धोका दिएको भन्दै महासंघमा नरहने समेत घोषणा गरेका छन् ।
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















