एमाले गण्डकीको “नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ” विषयक विचार गोष्ठी सम्पन्न
पोखरा,२ असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा “नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ” विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुवास नेम्बाङसंग सबैलाई मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अवस्थामा संविधान जारी हुन सकेको बताउनुभयो।
शाक्यले नेम्बाङको प्रभाबशाली र शालिन शैली सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्नुभयो।
पार्टी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले संविधान सभाको असहमतिका दर्जनौं बुदालाई सहमतिमा परिणत गर्दै सर्वस्विकार्य समाधान निकाल्ने संयम धैर्य ब्यक्तित्व सुवास नेम्बाङ भएको उल्लेख गर्नु भयो ।
पार्टी भित्र र अन्तर पार्टीका द्वन्द्वलाई सोच बिचार गरेर समाधान निकाल्ने नेम्बाङको शैलिकै कारण संविधान संभब भएको सचिव विष्टले बताउनुभयो ।
एमालेबाट सभामुख र अध्यक्ष भए पनि सम्सदिय मर्यादा र शैलिलाई उहाँले कहिल्यै नकुल्चेको भन्दै इतिहासमा गौरव गर्न लायक नेता भएको नेता विष्टको भनइथियो ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्बाङ नेपाली राजनितीको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गर्नुभयो । गुरुङले सार्थक कुशल बहसमार्फत प्रभाबकारी नेतृत्व प्रदान गर्ने ब्यक्ति भएको भन्दै उहाँको नेतृत्व नभएको भए संविधान जारी नहुने ठोकुवा गर्नुभयो। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अदित्तिय क्षमता नेम्वाङसंग भएको उल्लेख गर्नुभयो । अधिकारीले सूक्ष्म ब्यबस्थापकिय कौशल भएका नेम्वाङका कारण नै संविधान संभब भएको दाबी गर्नुभयो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















