एमाले गण्डकीको प्रथम अधिवेशनको लोगो सार्वजनिक
पोखरा,२ असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले यही असोज १५र१६ गते पोखरामा आयोजना हुने प्रथम ऐतिहासिक अधिवेशनको लोगो मंगलबार सार्वजनिक गरेको छ ।
अधिवेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर लोगो सार्वजनिक गरेको हो।
लोगो सार्वजनिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले अधिवेशनलाई ऐतिहासिक बनाउन भएका तयारीहरूको बारेमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
बैठकले अधिवेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न उप समिति मार्फत शसक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
अधिवेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिव रश्मि आचार्यले संचालन गर्नु भएको थियो ।
अधिवेशनमा करिब ९ सय जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष नबराज शर्माले जानकारी दिनुभयो । नेकपा(एमाले)गण्डकीको प्रथम अधिवेशनमको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















