एमाले गण्डकीको प्रथम अधिवेशनको लोगो सार्वजनिक

पोखरा,२ असोज- नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले यही असोज १५र१६ गते पोखरामा आयोजना हुने प्रथम ऐतिहासिक अधिवेशनको लोगो मंगलबार सार्वजनिक गरेको छ ।
अधिवेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर लोगो सार्वजनिक गरेको हो।
लोगो सार्वजनिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले अधिवेशनलाई ऐतिहासिक बनाउन भएका तयारीहरूको बारेमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनुभएको थियो ।
बैठकले अधिवेशनलाई सभ्य र भब्यरूपले सम्पन्न गर्न विभिन्न विभिन्न उप समिति मार्फत शसक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिनुभयो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा
अधिवेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिव रश्मि आचार्यले संचालन गर्नु भएको थियो ।
अधिवेशनमा करिब ९ सय जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष नबराज शर्माले जानकारी दिनुभयो । नेकपा(एमाले)गण्डकीको प्रथम अधिवेशनमको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार