वालिङमा नर्सिङ घरदैलो कार्यक्रम सुरु
मणी प्रसाद अर्याल
वालिङ,२४ साउन- वालिङ नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु भएको छ । नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाको बीचमा हस्ताक्षर भएसँगै कार्यक्रम सुरु भएको हो ।
नागरिकको स्वास्थ्यलाई सबल बनाउन नगरपालिकाले वृहत कार्यक्रम सुरु गरेको जनाएको छ । नसर्ने रोगहरुले धेरैको मृत्यु भएको पछिल्लो समयमा नागरिकहरुलाई स्वास्थ्यसम्बन्धी चेतना फैलाउन यस कार्यक्रम सार्थक हुने छ ।
हस्ताक्षर कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले नगरको विकासको लागि नागरिकको स्वास्थ्य सबल हुनुपर्ने उल्लेख गर्दै स्वास्थ्य सबलताको लागि नर्सिङ घरदैलो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नगर समृद्धिको लागि हामीले कार्यकालको बाँकी समयमा अर्थपूणर् र प्रभावकारी कार्यक्रम लागू गर्दै जनप्रतिनिधिको दायित्वबाट कदापि पछि पर्नेछैनौँ ।’
‘नगरको चौतर्फी विकासको लागि सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै सक्षमताको लागि स्वास्थ्य पहिलो आवश्यकता रहेकोले स्वास्थ्य सबलताको लागि नगरले पहलकदमी चालेको नगरप्रमुख खाँणको भनाई छ ।
कार्यक्रमको बारेमा सहजीकरण गर्दै स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले नर्सिङ घरदैलो कार्यक्रमले नेपालमा व्याप्त बनेको नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनिकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कार्यक्रम सफलताको लागि नर्सिङ जनशक्ति व्यस्थापन तथा सञ्चालनको लागि नगरपालिकाको सिङ्गो टिमको भुमिका र दायित्व महत्वपूणर् भएकोले सबैले आ-आफ्नो स्थानबाट अथक प्रयास गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक हिरा निरौलाले नागरिकको स्वास्थ्यलाई सबल राख्न नगरपालिकाले चालेको कदम अर्थपूणर् रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाको सम्पूणर् वडामा खटिने स्वास्थ्कर्मीहरुले नागरिकको स्वास्थ्य सम्बन्धी पूणर् तथ्याङ्क सङ्कलन,स्वास्थ्य अवस्था लगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने जानकारी दिनुभयो ।
नेपाल सरकार,स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालन हुने यस कार्यक्रम अर्थपूणर् हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार सरुवा रोगहरुको प्रकोपको जोखिम रहिरहेको वर्तमान अवस्थामा ती रोगहरुको बारेमा सचेतना फैलाउँदै नसर्ने रोगहरुको बारेमा पनि नागरिकलाई चेतना फैलाउन सार्थक हुनेछ ।
नर्सिङ घरदैलो कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुले नागरिकलाई मुटुरोग,मनोरोग,पाठेघरको क्यान्सर,स्तन क्यान्सर लगायतका बारेमा जानकारी दिँदै उनीहरुलाई स्वस्थ जीवनशैलीको आचरण अवलम्बन गर्न सचेतना फैलाउने नगरपालिकाले जनाएको छ ।

ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















