अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात
हिमलाल पराजुली
वालिङ,२५ साउन- वालिङ नगरपालिका ८ जैसीपँधेरा स्थित पुलचोकमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुदै आएको छ । सहकारीले कृषकहरुबाट दुध संकलन गरेर विभिन्न प्रकारका परिकारहरु उत्पादन गर्दै आएको छ ।

सहकारीले कृषकहरुलाई विभिन्न प्रकारका अनुदान समेत उपलब्ध गराउदै आएको छ । कृषि पेशा तर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषहरुलाई अनुदान दिदै आएको सहकारीका अध्यक्ष पुण्यप्रसाद आर्यालले बताउनुभयो । अहिलेको अवस्थामा वित्तिय संघसस्थाहरुले ऋण लगानी गर्ने र ब्याज मार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ । यो अवस्थामा परिवर्तन ल्याएर किसानलाई आत्मनिर्भर बनाउदै स्वरोजगार बनाउने योजना अनुसार आफुहरुले काम गरिरहेको अध्यक्ष अर्यालको भनाइ छ ।

पशुपालक कृषकहरुले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घ्यू, आईस्क्रीम अगायतका वस्तुहरु उत्पादन गर्दै आएको सहकारीकी प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रवन्धक रेग्मीका अनुसार सहकारीले आफै दुधबाट बन्ने परिकारहरु बनाएर स्थानीय बजारमा विक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तुहरु विक्रीको लागि काठमाडौँ पठाउँने गरिएको छ ।

विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पी काठमाडौँ हुदै अमेरिका निर्यात हुदै आएको प्रवन्धक रेग्मीले बताउनुभयो । स्याङ्जा संगै पर्वतको दक्षिणी भेगबाट समेत सहकारी द्वारा स्थापना गरिएको दुग्ध संकलन (डेरी) केन्द्रमा कृषकहरुले दुध ल्याउने गरेकाछन् । दैनिक ८ सय देखि ११ लिटर सम्म दुध संकलन हुने सहकारीले जनाएको छ । सहकारीले दैनिक २५ देखि ३० किलो छुर्पी उत्पादन गर्ने र प्रति किलो एक हजार रुपैँया देखि ११ सय सम्ममा विक्री हुदै आएको छ । उत्पादित वस्तुहरुको विक्रीका लागि कुनै समस्या नभएको प्रवन्धक रेग्मीको भनाइ छ ।

सहकारीले कृषकलाई प्रति लिटर दुधमा दुई रुपैँया ५० पैशाका दरले अनुदान दिदै आएको छ भने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्नुका साथै विभिन्न प्रकारका विउविजनहरु, घाँसका विरुवा वितरण गर्दै आएको छ । बाख्रापालक किसानलाई बोयर बोका उपलब्ध गराउनुका साथै १५० किलो देखि माथि अदुवा लगाउने किसानलाई प्रति किलो २५ रुपैँयाका दरले अनुदान दिनुका साथै प्रधानमन्त्री कृषि आनुनिकिरण परियोजना संगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना किसानलाई भैसी अनुदान कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदान र २८ जना किसानलाई भकारो सुधार कार्यक्रम अन्तरगत अनुदान वितरण गरिएको सहकारीले जनाएको छ । २०७५ सालमा स्थापन भएको सहकारीमा २८ सय ५० जना शेयर सदस्य रहेकाछन् ।सहकारीले कृषकलाई ९ प्रतिशत ब्याजमा ऋण लगानी समेत गर्दै आएको छ ।
सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रम अन्तरगत निशुल्क पशु विमा कार्यक्रम सञ्चालन गर्ने निणर्य समेत गरेको प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















