अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात


हिमलाल पराजुली
वालिङ,२५ साउन- वालिङ नगरपालिका ८ जैसीपँधेरा स्थित पुलचोकमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुदै आएको छ । सहकारीले कृषकहरुबाट दुध संकलन गरेर विभिन्न प्रकारका परिकारहरु उत्पादन गर्दै आएको छ ।

सहकारीले कृषकहरुलाई विभिन्न प्रकारका अनुदान समेत उपलब्ध गराउदै आएको छ । कृषि पेशा तर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषहरुलाई अनुदान दिदै आएको सहकारीका अध्यक्ष पुण्यप्रसाद आर्यालले बताउनुभयो । अहिलेको अवस्थामा वित्तिय संघसस्थाहरुले ऋण लगानी गर्ने र ब्याज मार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ । यो अवस्थामा परिवर्तन ल्याएर किसानलाई आत्मनिर्भर बनाउदै स्वरोजगार बनाउने योजना अनुसार आफुहरुले काम गरिरहेको अध्यक्ष अर्यालको भनाइ छ ।

पशुपालक कृषकहरुले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घ्यू, आईस्क्रीम अगायतका वस्तुहरु उत्पादन गर्दै आएको सहकारीकी प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रवन्धक रेग्मीका अनुसार सहकारीले आफै दुधबाट बन्ने परिकारहरु बनाएर स्थानीय बजारमा विक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तुहरु विक्रीको लागि काठमाडौँ पठाउँने गरिएको छ ।

विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पी काठमाडौँ हुदै अमेरिका निर्यात हुदै आएको प्रवन्धक रेग्मीले बताउनुभयो । स्याङ्जा संगै पर्वतको दक्षिणी भेगबाट समेत सहकारी द्वारा स्थापना गरिएको दुग्ध संकलन (डेरी) केन्द्रमा कृषकहरुले दुध ल्याउने गरेकाछन् । दैनिक ८ सय देखि ११ लिटर सम्म दुध संकलन हुने सहकारीले जनाएको छ । सहकारीले दैनिक २५ देखि ३० किलो छुर्पी उत्पादन गर्ने र प्रति किलो एक हजार रुपैँया देखि ११ सय सम्ममा विक्री हुदै आएको छ । उत्पादित वस्तुहरुको विक्रीका लागि कुनै समस्या नभएको प्रवन्धक रेग्मीको भनाइ छ ।

सहकारीले कृषकलाई प्रति लिटर दुधमा दुई रुपैँया ५० पैशाका दरले अनुदान दिदै आएको छ भने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्नुका साथै विभिन्न प्रकारका विउविजनहरु, घाँसका विरुवा वितरण गर्दै आएको छ । बाख्रापालक किसानलाई बोयर बोका उपलब्ध गराउनुका साथै १५० किलो देखि माथि अदुवा लगाउने किसानलाई प्रति किलो २५ रुपैँयाका दरले अनुदान दिनुका साथै प्रधानमन्त्री कृषि आनुनिकिरण परियोजना संगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना किसानलाई भैसी अनुदान कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदान र २८ जना किसानलाई भकारो सुधार कार्यक्रम अन्तरगत अनुदान वितरण गरिएको सहकारीले जनाएको छ । २०७५ सालमा स्थापन भएको सहकारीमा २८ सय ५० जना शेयर सदस्य रहेकाछन् ।सहकारीले कृषकलाई ९ प्रतिशत ब्याजमा ऋण लगानी समेत गर्दै आएको छ ।

सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रम अन्तरगत निशुल्क पशु विमा कार्यक्रम सञ्चालन गर्ने निणर्य समेत गरेको प्रवन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो ।

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal