निजामती कर्मचारी संगठन स्याङ्जाद्वारा बालगृहलाई खाद्यान्न सहयोग
वालिङ,१४ साउन- नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपालद्वार सञ्चालित बालगृहलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर खाद्यान्न सामग्री सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति स्याङ्जाले शहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरपारेर बालगृहलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले नेपाल निजामती कर्मचारी संगठन स्याङ्जाले बालगृहमा रहेका बालबालिकाहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै अभिभावक बिहिन बालबालिकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । पालिकाले पनि बालगृहलाई सक्दो सहयोग गर्दै आएको र सबैको सकरात्मक सहयोगले आफन्त बिहिन बालबालिकाले अमोर सेवा नेपालद्वारा सञ्चालित बालगृहमा बसेर संरक्षण समेत पाएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य निरमाँया कार्की, संग्ठनका केन्द्रिय सदस्य राजु मरासिनी, पेशागत महासंघ अध्यक्ष ताराचन्द्र ढकाललगायतले बोल्नुभएको थियो । साथै सोही अवसरमा संगठनले वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । संगठनका जिल्ला अध्यक्ष अमरबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजेश कुंवरले गर्नुभएको थिए भने स्वागत मन्तव्य रमेश विक र धन्यवाद बालगृहकी सञ्चालिका कमला पराजुलीले गर्नुभएको थियो ।यो बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३० जना बालबालिका छन् ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















