विपि स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वालिङ,६ साउन- विपि स्मृति दिवसको अवसरमा अन्तरक्रिया एवं सिर्जना वाचन कार्यक्रम वालिङमा सम्पन्न भएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा “ विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक तथा राजनैतिक विचार” विषयक अन्तरक्रियासङ्गै सिर्जना वाचन समारोह २०८० वालिङ नगरपालिका ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको हलमा सम्पन्न भएको छ ।

नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरद्वारा संयोजन गरिएको उक्त समारोह स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक अनौपचारिक रूपमा सम्पन्न गरिएको थियोे ।

नवोदित कवि सजिना खातुनद्वारा आफ्नो उत्कृष्ट कविता वाचन गरेसङ्गै शुरु भएको कार्यक्रममा स्याङ्जाली कविहरु दिलीप तिवारी, पारिश्वर न्यौपाने, लोकहरि पाण्डेय क्षितिज, खगेन्द्र अर्याल, हरिप्रसाद पङ्गेनी, शम्भु अर्याल, सिताराम अधिकारी, बोधराज न्यौपाने, कमलप्रसाद बगाले आफ्ना कविता र लघुकथा वाचन गर्नुभएको थियोे ।

जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाका अध्यक्ष स्याङ्जाली अग्रज कवि नारायणप्रसाद ज्ञवाली र प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष स्याङ्जाली अग्रज कवि अनन्त अर्यालद्वारा “ विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक विचार” को बारेमा र स्याङ्जाली अग्रज साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनी र स्याङ्जाली अग्रज समाजसेवी मुक्तिप्रसाद सुवेदीद्वारा “ विश्वेश्वरप्रसाद कोइरालाको राजनैतिक विचार” को बारेमा आफ्नो भनाइ संगै कविता प्रस्तुत गर्नुभएको थियोे ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal